यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी)लाई पोखरामा सम्मान

-


     क्लिक गण्डकी     
     श्रावण २३ गते २०७९ मा प्रकाशित


यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी)लाई पोखरामा सम्मान

यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी)लाई पोखरामा सम्मान

पोखरा, २३ साउन/ राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी) लाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागत सहित सम्मान गरेको हो ।

उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड बगरका सदस्यहरुले खादा तथा सम्मान पत्रले सम्मान गरे ।

सो अवसरमा बोल्दै फुटबलर श्रेष्ठले राष्ट्रको नाममा खेल खेल्ने सपना साकार भएको बताए । उनले आगामी दिनमा झन उत्कृष्ट खेल प्रर्दशन गर्ने निरन्तर मेहनत गर्ने समेत बताए ।

यसैगरि युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङले श्रेष्ठलाई पोखरामा स्वागत गर्दै बधाई ज्ञापन गरे ।

उनले आगामी दिनमा अझ खेललाई परिस्कृत गर्दै अगाडी बढ्नुपर्नेमा समेत जोड दिएका थिए । सम्मानित श्रेष्ठ यसअघि नेपाली राष्ट्रिय फुटसल टिमबाट डेब्यु गरिसकेका थिए ।



Tags: ,