#मेस्सी

अर्जेन्टिनालाई विश्वकप २०२२ उपाधि, मेस्सी सर्वोत्कृष्ट खेलाडी, एमबाप्पेलाई गोल्डेन बुट

अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ उपाधि
एजेन्सी – साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २–२ र थप ३० मिनेटमा ३–३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि चुम्न सफल भयो । अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । अतिरिक्त समयको १ सय… पुरा पढौ

यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी)लाई पोखरामा सम्मान

यु–२० राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी)लाई पोखरामा सम्मान
पोखरा, २३ साउन/ राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी) लाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागत सहित सम्मान गरेको हो । उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड बगरका सदस्यहरुले खादा तथा सम्मान पत्रले सम्मान गरे । सो अवसरमा बोल्दै फुटबलर श्रेष्ठले राष्ट्रको नाममा खेल खेल्ने सपना साकार भएको बताए । उनले… पुरा पढौ