नवौं खेलकुदः पोखरामा १४ खेलको छनौट र प्रशिक्षण सुरु

-


     क्लिक गण्डकी     
     भाद्र ३ गते २०७९ मा प्रकाशित


नवौं खेलकुदः पोखरामा १४ खेलको छनौट र प्रशिक्षण सुरु

नवौं खेलकुदः पोखरामा १४ खेलको छनौट र प्रशिक्षण सुरु

पोखरा, ३ भदौं/ गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी गण्डकी प्रदेशमा १४ वटा खेलहरुको छनौट तथा प्रशिक्षण सुरु गरेको छ । छनौट तथा प्रशिक्षण कार्यक्रमको गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उद्घाटन गरे ।

परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षण सहित खेलाडी छनौट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन भएको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बताए । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेको उनले बताए ।

खेलाडी तथा खेल संघका पदाधिकारीलाई परिषदले उपलब्ध गराएको खेल सामग्री, स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अर्थ मन्त्री बरालले खेलाडीको प्रर्दशनले नै प्रदेशको सिर उच्च बनाउने बताए । उनले प्रतियोगिता सम्पन्न गर्न आर्थिक हिसावले कुनै अभाव नहुने आवासन दिए ।

जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको छ । प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिव ८ हजार खेलाडीले भाग लिने जनाएको छ । गण्डकी प्रदेशबाट ३८ खेलमा ७ सय भन्दा वढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गते सम्म बन्द प्रशिक्षणमा राखिने उनले बताए । नवौं राष्ट्रिय खेलकुद पोखरामा ३९ वर्ष पछि हुने भएको हो ।



Tags: