पोखरा रंगशालामा खेल चलिरहँदा कभर्डहलमा आगलागी

-


     क्लिक गण्डकी     
     असार २६ गते २०७९ मा प्रकाशित


पोखरा रंगशाला

पोखरा रंगशाला

पोखरा, २६ असार/ पोखरा रंगशाला भित्रको वहुउद्देश्यीय कभर्ड हलमा आइतबार खेल चलिरहेका बेला आगलागी भएको छ । खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको हो ।

कभर्डहल भित्र सिक्स ए साइड महिला तथा पुरुष हक्कि खेल संचालन भईरहेको थियो । आगलागी पछि खेल स्थगति भएको छ ।

पोखरा महानगरपालिका बारुणयन्त्र ल्याएर आगलागी नियन्त्रणमा लिएको छ । कति क्षति भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।



Tags: ,