साइक्लिङ
पोखरा, ४ असार/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीका हिमाल टमाटाले जितेका छन् ।
उनले निधिरित ४५ किलोमिटरको दुरी २ घण्टा ३४ मिनेट १० सेडेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । तीन मिनेट पछि परेको एपीएफका लक्ष्मण मल्लले २ घण्टा ३७ मिनेट ५० सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गरे । त्यसै गरी कास्कीका हिक्मत विक २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे ।
महिला तर्फको उपाधि उषा खनालले जितेकी छन् । उनले निधारीत दुरी ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा पुरा गरीन् । त्यसै गरी ३ घण्टा ३३ मिनेट ७ सेकेण्डमा दुरी पुरा गर्दै लक्ष्मी मगर दोस्रो र ४ घण्टा ५ मिनेट ३ सेकेण्डमा दुरी पुरा गर्दै इन्द्रकुमारी तामाङ तेस्रो भइन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइने छ । प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ७६ जना गरी ८१ जना खेलाडीले सहभागीता जनाएका थिए ।
साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्य सहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता भएको हो । पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकी डाँडालगायत ठाउँ हुँदै पुन कालीखोलाको पुलमै आएर टुंगिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेललाई प्रर्वधन गर्न आगामी बजेटमा थप नयाँ कार्यक्रमहरु ल्याउने बताए ।