खेलकुद

महानगरद्धारा १९२ जना खेलाडीहरुलाई नगद सहित सम्मान

महानगरद्धारा १९२ जना खेलाडीहरुलाई नगद सहित सम्मान
पोखरा, २५ कात्तिक / गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान गरिएको हो ।स्वर्ण पदक विजेता ३५ जना, ३२ जना रजत पदक विजेता र ८५ जना कांस्य पदक विजेता खेलाडीहरूलाई महानगरपालिकाले सम्मान गरेको हो । उनीहरूलाई क्रमशः नगद रु.१५ हजार, रु.१० हजार र रु.५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । यस्तै… पुरा पढौ

वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरुः नवलपुरको विजयी शुरुवात

क्रिकेट
पोखरा, २४ कार्तिक/ पोखरामा वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरु भएको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ । टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच दिपक डुम्रेले ५१ रन बनाए । त्यस्तै,गोविन्द विकले ३९ तथा सगुन सापकोटाले २८ रनको पारी खेले । कास्कीका बलरहरु सुदिप अर्याल, सिरिस… पुरा पढौ

आहा ! रारा गोल्डकपको २२ औं श्रृखला पुस १२ देखि

आहा ! रारा गोल्डकप फुटबल
पोखरा, २३ कार्तिक/ सहारा क्लब पोखराको आयोजनामा बर्सेनि हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस १२ देखि २३ सम्मका लागि मिति दिएको हो । एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा ! रारा गोल्डकप–२०७९ फुटबल प्रतियोगिताको (क्याराभाना गोल्डकपसहित) २२ औं संस्करण’ तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका… पुरा पढौ

शारीरिक सुगठन बिश्व प्रतिस्पर्धामा सहभागी हुदै सुजन

सुजन शिल्पकार
पोखरा, २१ कार्तिक/ सुजन शिल्पकार नेपालीको लागि मात्र होइन बिश्व भरका शारीरिक सुगठन अथवा बडी बिल्डिङका लागि नौलो नाम होइन। स्वास्थ जीवन र फिट्नेसमा अर्जुनदृष्टि लागाएर अनवरत लागि रहेका सुजनले यो बितेका २ महिनामा मात्र एकदर्जन भन्दा बढी अवार्डहरु जित्दै आउदो नोभेम्बर १८ देखि २० सम्म इन्डोनेसियामा हुदै गरेको WWF world-championship 2022 तयारीमा छन्। बिगतका बर्षहरु मा सुजनले यस क्षेत्रमा प्राप्त गरेका सफलताका सुचिहरु लामो छ । १६ बर्षको उमेर देखि शारीरिक सुगठनलाई आफ्नो शोख र जिबनको अभिन्न अंग बनाएका… पुरा पढौ

नेपालले जित्यो पब्जी मोवाइल प्रो लिग, ५९ लाख पुरस्कार

नेपालले जित्यो पब्जी मोवाइल प्रो लिग, ५९ लाख पुरस्कार
पोखरा, २१ कार्तिक/ नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रासी जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार रासीको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख ९३.६ मिलियन० र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख ९२.३ मिलियन० जितेका हुन् । ४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न… पुरा पढौ

सहारा क्लबको फुटबल टोली बेलबारी बुद्ध इन्टरनेशनल गोल्डकप खेल्न प्रस्थान

सहारा क्लबको फुटबल टोली बेलबारी बुद्ध इन्टरनेशनल गोल्डकप खेल्न प्रस्थान
पोखरा, १८ कार्तिक/ सहारा क्लब पोखराको टोली मोरङमा हुने बेलबारी बुद्ध इन्टरनेशनल गोल्डकपमा भाग लिन त्यसतर्फ प्रस्थान गरेको छ । सहारा क्लब पोखरामा बिहीबार साँझ उनीहरुलाई बिदाइ गरियो । क्लब अध्यक्ष हरिराम गुरुङ, वरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले प्रतियोगितामा सफलताको कामना गर्दै सहाराको कीर्ति फैलाउन शुभकामना दिए । सुनिल रानामगर प्रशिक्षक रहेको टोलीमा बिमल थापा, सरोज योन्जन, आशीष गुरुङ, रणदीप पौडेल, अतीत भण्डारी, भीषण गुरुङ, जय गुरुङ, दीपेश आले, अभीषेक राना, मुकुन्द निउरे, सुमित श्रेष्ठ छन् । यस्तै, फुटबल टिममा… पुरा पढौ

सहारा फुटबल एकेडेमीलाई स्व. सूर्यबहादुर केसी परिवारको सहयोग

सहारा फुटबल एकेडेमीलाई स्व. सूर्यबहादुर केसी परिवारको सहयोग
पोखरा, १७ कार्तिक/ सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई स्वर्गीय सूर्यबहादुर केसीको परिवारले १५ लाख रुपैयाँ सहयोग गरेको छ । पोखरामा बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाई सहयोग गरेको हो । कार्यक्रममा स्व. केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई सहयोग रकमको चेक हस्तान्त्रण गरीन् । कार्यक्रममा केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि आफ्नो… पुरा पढौ

कार्तिक १७ गतेदेखि प्रथम एबिसी एटए साईड भेट्रान्स फुटबल

फुटबल
पोखरा, १५ कार्तिक/ अमरसिंह ब्वाईज क्लबको आयोजनामा पहिलो पटक एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा अमरसिंहचौरको खेल मैदानमा कार्तिक १७ गतेदेखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने छ । आयोजनाको लागि आवश्यक तयारी पुरा भएको छ । प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी १२ टोलीको प्रतिस्पर्धा रहने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश गुरुङले जानकारी दिए । प्रतियोगितामा आयोजक अमरसिंह क्वाईजको सेतो र निलो गरी दुई टोलीले प्रतिस्पर्धा… पुरा पढौ

फुटबलर देवकोटालाई बगर भाइखलको लाख सहयोग

फुटबलर देवकोटालाई बगर भाइखलको लाख सहयोग
पोखरा, १२ कात्तिक/ फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख आर्थिक सहयोग गरेको छ । पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य इश्वर (चन्द्र) गुरुङले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो । फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए । ‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन… पुरा पढौ

मदरल्यान्डमा २० औंँ वार्षिक खेलकुद

मदरल्यान्डमा २० औंँ वार्षिक खेलकुद
पोखरा, ४ कात्तिक/ पोखराको मासबारमा रहेको मदरल्याण्ड माविले शुक्रबार २० औ बार्र्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीलाई आयोजना गर्दै आएको वार्षिक खेलकुद कार्यक्रम विभिन्न विधामा विद्यार्थीहरुले भाग लिएका थिए । एक हप्ता अघिदेखि विभिन्न चरणमा सञ्चालन तथा छनौट गरिँदै आएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा चारसम्म स्पून रेस, मिठाई दौड, म्युजिकल चियर, व्यालेन्स खेल, प्लेट रेस, ड्रेस अप रेस, बेलुन ब्रस्टमा विद्यार्थीले सहभागीता जनाएका थिए । कक्षा पाँचदेखि कक्षा दशसम्म जुनियर र सिनियर गरी दुई… पुरा पढौ