खेलकुद

पोखराका फेन्सी पसलमा महानगरको अनुगमन, दुई पसललाई जरिवाना

पोखराका फेन्सी पसलमा महानगरको अनुगमन, दुई पसललाई जरिवाना
पोखरा, ४ कात्तिक/ पोखरा महानगरपालिकाले फेन्सी पसलमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार फेन्सी पसलमा अनुगमन गरिएको हो । अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, आन्तरीक राजस्व कार्यालय पोखराका ठाकुर सुवेदी, घरेलु कार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा र पत्रकारहरुको सहभागीता रहेको थियो । पोखरामा खाद्यान्न, तरकारी, फुलफुल होटल… पुरा पढौ

नवौं खेलकुदमा आर्मीको जित, प्रदेशमा गण्डकी प्रथम (कस्को कति मेडल सहित)

जयरानी थारु
पोखरा २, कार्तिक/ विभागिय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी ह्याट्रिय पुरा गरेको छ । आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदक सहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत… पुरा पढौ

उसुमा सेनालाई १२, सशस्त्रलाई ९ स्वर्ण

उसुमा सेनालाई १२, सशस्त्रलाई ९ स्वर्ण
पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन् । आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ । विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ । प्रतियोगितामा सहभागी ७ प्रदेशका ७ टिममध्ये कर्णालीले एक मात्र स्वर्ण जित्न सक्यो । अरु प्रदेश भने… पुरा पढौ

आर्मीलाई सडनडेथ हराउँदै एपीएफलाई स्वर्ण

आर्मीलाई सडनडेथमा ६–५ ले हराउँदै एपीएफलाई स्वर्ण
पोखरा, ३ कार्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै एपीएफले स्वर्णपदक जितेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । एपीएफको जीतमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले २ पेनाल्टि प्रहारलाई बचाउँ गर्दै टोलीलाई स्वर्ण दिलाएका हुन् ।… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः महिला फुटबलमा एपिएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः महिला फुटबलमा एपिएफलाई स्वर्ण
पोखरा, ३ कार्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा एपिएफले स्वर्ण जितेको छ ।वालिङ खेल मैदानमा बिहिबार नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो । खेलको १० औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर समुहलाई अगाडी बढाएकी थिईन् । खेलकोे ५२ मिनेटमा सावित्राले पुनःअर्को गोल गर्दे गोल संख्या दोब्बर बनाइन् । ७६ औँ मिनेटमा नेपाल पुलिस क्लबकी निरु थापाले एक गोल गर्दे जितको संभावना जिवित राखिन । निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा… पुरा पढौ

पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन

पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन
पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिंहालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११–३ अंकले पछि पार्दै ३–० सो सोझो सेटमा हराउदै स्वर्ण पदक जिते । फाईनलमा पराजित वागमती प्रदेशले रजत पदक प्राप्त ग¥यो ।… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः खोखोमा पुरुष तर्फ आर्मी र महिलामा लुम्बिनीलाई स्वर्ण

खोखो
पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १४–१० को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो । महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो । राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित… पुरा पढौ

पुरुष भलिबलमा आर्मीलाई हराउँदै एपीएफलाई स्वर्ण

पुरुष भलिबल
पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा प¥यो । दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले बाजी मा¥यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपीएफले तेस्रो सेट पनि… पुरा पढौ

बक्सिङमा ११ स्वर्ण सहित आर्मी च्याम्पियन

बक्सिङमा ११ स्वर्ण सहित आर्मी च्याम्पियन
पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्ण सहित च्याम्पियन बन्न सफल भएको छ । एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ । प्रतियोगिता अन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते । उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदकमा चुकेका रवीनले रजत पदक जित्दा एपीएफका आश तामाङ र लुम्बिनी… पुरा पढौ

नवौ राष्ट्रिय खेलकुदः कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण, लुम्बिनी र पुलिसलाई रजत

नवौ राष्ट्रिय खेलकुदः कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण, लुम्बिनी र पुलिसलाई रजत
पोखरा, ३ कार्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ । बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लवले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् ।प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक… पुरा पढौ