खेलकुद

सफ्ट टेनिसमा मेन्स टिम इभेन्टसमा प्रदेश १ लाई स्वर्ण

सफ्ट टेनिसमा मेन्स टिम इभेन्टसमा प्रदेश १ लाई स्वर्ण
पोखरा, ३ कात्तिक/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश नम्बर १ ले जितेको छ । बिहीवार विहान भएको फाइनल खेलमा प्रदेश नं. १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतियोगिता अन्र्तगत पहिलो सेट नेपाल पुलीसले डबल्स्मा प्रदेश नं. १ लाई ५–१ ,दोस्रो सिंगल्स प्रदेश नं. १ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश नं. १ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजीत भएको हो… पुरा पढौ

पुरुष बास्केटबलको च्याम्पियन गण्डकी, एपिएफ

पुरुष बास्केटबलको च्याम्पियन गण्डकी, एपिएफ
पोखरा, ३ कार्तिक/ नवौ खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलको च्याम्पिएन आयोजक गण्डकी र एपिएफ बनेका छन् । प्रतियोगिताको फाइभ अन फाइभ तर्फ बिभागिय टोली एपिएफले ८१-७९ स्कोरका साथ च्याम्पियन बन्दा थ्री अन थ्री तर्फको च्याम्पियन आयोजक गण्डकीले एपिएफलाई २१- १६ स्कोरले पराजित गर्दै संवरण पदक हात पारेको छ । यता फाइभ अन फाइभ तर्फ गण्डकीले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ । निकै संघर्षपुरण प्रतियोगितामा दुबै बिधाको अन्तिम प्रतिस्प्रधाका लागि एपिएफ र गण्डकी मैदानमा उत्रेका थिए । यस अघि… पुरा पढौ

जुडोमा आर्मी च्याम्पियन, मिक्स टिम इभेन्टमा पनि स्वर्ण

जुडोमा आर्मीलाई ४ स्वर्ण
पोखरा, ३ कात्तिक/ नेपाल आर्मीले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जित्न सफल भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विहीबार भएको मिक्स टिम इभेन्टमा एपिएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हासिल गरेको हो ।मिक्स टिममा स्वर्ण पदक जितेको आर्मी प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण पदक जित्दै जुडोको च्यम्पियन बनेको हो । कुल १५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । स्वर्णको खाता खोल्ने दाउमा रहेको एपिएफ रजतमा सिमित भएको छ । वाग्मती प्रदेश र प्रदेश नम्बर १ ले कास्य पदक… पुरा पढौ

टेनिसमा आर्मी च्याम्पियन, प्रदिप खड्कालाई तीन स्वर्ण

प्रदिप खड्का
पोखरा, ३ कात्तिक/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय नेपाली सेना चार स्वर्ण सहित दस पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो । यसैगरी टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका… पुरा पढौ

नवौं खेलकुदः एथलेटिक्समा आर्मी च्याम्पियन, जयरानीलाई ५ स्वर्ण

जयरानी थारु
पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो । शसस्त्र प्रहरी बल एपिएफले १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो । नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जिति तेस्रो र बागमती प्रदेशले २ स्वर्ण, १… पुरा पढौ

नवौं खेलकुदः एथलेटिक्समा आर्मी च्याम्पियन

नवौं खेलकुदः एथलेटिक्समा आर्मी च्याम्पियन
पोखरा, ३ कात्तिक/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो । शसस्त्र प्रहरी बल एपिएफले १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो । नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जिति तेस्रो र बागमती प्रदेशले २ स्वर्ण, १ रजत… पुरा पढौ

प्याराग्लाइडिङः स्व.निसिम थापालाई गोल्ड मेडल

प्याराग्लाइडिङः स्व.निसिम थापालाई गोल्ड मेडल
पोखरा, ३ कात्तिक/ पोखरा रंगशालाभित्र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उभिइरहेको कस्तुरी मृगको मस्कट । प्रतियोगिताको अन्तिम दिन मंगलबार बिहान प्याराग्लाइडिङको पदक वितरण गरियो । नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी गुमाउने खेल पनि यही बन्न पुग्यो । घटना नघटेको भए रंगशाला उल्लासले भरिन्थ्यो । तर, राष्ट्रिय प्रतियोगिताले एक होनहार राष्ट्रिय खेलाडी गुमाउन पुगेको छ । उनै प्याराग्लाइडिङका होनहार खेलाडी निसिम थापालाई सम्झिँदै प्याराग्लाइडिङका इभेन्ट सकिएका छन । नेपाल आर्मीमा अनुबन्धित खेलाडी थापाले टिम क्रसकन्ट्रीमा रजत जिते । खेलाडी गुमाउनुको पीडालाई राज्यले थप… पुरा पढौ

दुआथलनमा पुरुषतर्फ प्रहरी र महिलातर्फ आर्मीलाई स्वर्ण

दुआथलनमा पुरुषतर्फ प्रहरी र महिलातर्फ आर्मीलाई स्वर्ण
पोखरा, ३ कात्तिक/ दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्वुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पद जितेका हुन् । त्यसैगरी निर्धारित दुरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले संवर्ण पदक हात पारिन् । पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दुरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह… पुरा पढौ

४ सय वाइ ४ मिटर रिले दौडमा आर्मीलाई स्वर्ण

४ सय वाइ ४ मिटर रिले दौडमा आर्मीलाई स्वर्ण
पोखरा, ३ कात्तिक/ एथलेटिक्सको ४ सय वाइ ४ सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ । आर्मीले महिला पुरुष दुवै समुहमा स्वर्ण जितेको हो । पुरुष अन्तरगत आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको समूहले निर्धारित दुरी ३ मिनेट १८.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेको हो । सो इभेण्टमा एपीएफले रजत पदक जितेको छ । एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपालीको टोलीले निर्धारित दुरी ३ मिनेट, २५.८२ सेकेण्डमा पार… पुरा पढौ

५ हजार मिटर दौडमा एपिएफका गोपीचन्द्रलाई स्वर्ण

गोपीचन्द्र पार्की
पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स ५ हजार मिटर दौड पुरुषमा एपिएफका गोपीचन्द्र पार्कीले जितेका छन् । पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा निर्धारित दुरी १४ मिनेट २९.६७ सेकेन्डमा पुरा गर्दै गोपीचन्द्रले स्वर्ण पदक जितेका हुन् । यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए । त्रिभुवन आर्मी क्लबका मुकेश पालले निर्धारित दुरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कास्य… पुरा पढौ