खेलकुद

४ सय मिटर हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

४ सय मिटर हडल्स पुरुषमा आर्मीलाई स्वर्ण
पोखरा, २ कात्तिक/४ सय मिटर हडल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् । थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते । पुरा पढौ

ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

रोहित चौधरी
पोखरा, २ कात्तिक/ पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन् । उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कास्य पदक जिते । पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे । पुरा पढौ

टेबलटेनिस ६ स्वर्ण सहित नेपाल प्रहरी टिम च्याम्पियन

टेबलटेनिस ६ स्वर्ण सहित नेपाल प्रहरी टिम च्याम्पियन
पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलुकद अन्तर्गत नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ काँस्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ काँस्य पदक पाउँदै दोस्रो स्थानमा बन्न सफल रह्यो । त्यस्तै बागमती प्रदेशले १ रजत र २ काँस्य सहित तेस्रो भयो । प्रतियोगितामा आर्मीले २ काँस्य, एनआरएनएले २… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुदः ८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

फूलमति राना
पोखरा, २ कात्तिक/ एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्र्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् । पुरुषतर्फ निर्धारित दुरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते । पुलिसका तेजबहादुर… पुरा पढौ

टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण

टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण
पोखरा, २ कात्तिक/ टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदिप खड्का र अनिल शाहीको जोडीले विभागिय टोली नेपाल आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो । सुपरटाईमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक… पुरा पढौ

जुडोमा आर्मीलाई ४ स्वर्ण

जुडोमा आर्मीलाई ४ स्वर्ण
पोखरा, २ कात्तिक/ नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् । मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३/३ रजत र काँस्य पदक पनि जितेको छ । पुलिसका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ काँस्य पदक प्राप्त गरेको छ ।बागमतीले प्रदेशले १ रजत र ३ काँस्य पदक… पुरा पढौ

नवौ राष्ट्रिय खेलकुदः महिला ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

सन्तोषी श्रेष्ठ
पोखरा, २ कात्तिक/ एथलेटिक्स महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।पुलिसकी राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै काँस्य पदक जितिन् । सन्तोषीले १० हजार मिटरमा पनि स्वर्ण जितेकी थिइन् । पुरा पढौ

पदक विजेता खेलाडीलाई महानगरको सम्मान

पदक विजेता खेलाडीलाई महानगरको सम्मान
पोखरा, २ कात्र्तिक/ गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकहरूलाई नगद सहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गर्नुभएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीहरूले ५ स्वर्ण पदक जितेका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकीलाई चार स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकीलाई चार स्वर्ण
पोखरा, २ कार्तिक/ गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो । गण्डकीले थप दुई वटा रजत जित्यो भने एउटा काँस्य हात पार्न सक्यो । आर्मीले थप चार काँस्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई काँस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत,, एक काँस्यमा सीमित रहँदा प्रदेश १ ले एक… पुरा पढौ

आर्मी २० स्वर्ण पदक सहित पौडी च्याम्पिएन, दुवानालाई ९ स्वर्ण

आर्मी २० स्वर्ण पदक सहित पौडी च्याम्पिएन, दुवानालाई ९ स्वर्ण
पोखरा, १ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो । अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी… पुरा पढौ