एपीएफलाई महिला भलिबलको स्वर्ण

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०७९ मा प्रकाशित


म्यादीको बेनीमा भएको महिला भलिबल तस्बिरः सुर्दशन रन्जित

म्यादीको बेनीमा भएको महिला भलिबल तस्बिरः सुर्दशन रन्जित

पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ एपीएफ क्लबले स्वर्ण जितेको छ ।

बेनीमा भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।

महिला भलिबलमा बागमती प्रदेशले कांस्य पदक जितेको छ । बुधबारै बिहान भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरि बागमतीले कांस्य जितेको हो ।



Tags: