५ हजार मिटर दौडमा एपिएफका गोपीचन्द्रलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०७९ मा प्रकाशित


गोपीचन्द्र पार्की

गोपीचन्द्र पार्की

पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स ५ हजार मिटर दौड पुरुषमा एपिएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।

पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा निर्धारित दुरी १४ मिनेट २९.६७ सेकेन्डमा पुरा गर्दै गोपीचन्द्रले स्वर्ण पदक जितेका हुन् ।

यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए ।

त्रिभुवन आर्मी क्लबका मुकेश पालले निर्धारित दुरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।



Tags: