२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०७९ मा प्रकाशित


२०० मिटर दौडमा शिवराज स्वर्ण

२०० मिटर दौडमा शिवराज स्वर्ण

पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स २०० मिटर दौडमा ससस्त्र प्रहरी बल एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवराजले निर्धारित दुरी २१.९१ सेकेन्डमापूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै रजत पदक जिते । आर्मी क्लबका युवराज बिकले २२.५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।

महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । एपीएफकी रमिता कुमारी थारुले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन् ।



Tags: