पुरुष फुटबलमा गण्डकीलाई कास्य

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०७९ मा प्रकाशित


फुटबल

फुटबल

पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले कास्य पदक जितेको छ । बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कास्य जितेको हो ।

गण्डकीका कमल थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औं मिनेटमा कमलले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए । यस अघि गण्डकी सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग १–० को हार व्यहोरेको थियो ।

सुदुरपश्चिम एपिएफसँग ५–१ गोलको हार व्यहोरेको थियो । नवौंमा ७ प्रदेश सहित ३ विभागिय क्लब र एनआरएनको सहभागिता रहेको थियो ।

नवौं अन्तरगत पुरुष फुटबलको फाइनलमा विभागिय क्लबद्धय त्रिभुवन आर्मी र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्दै छन् । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सेमिफाइनलमा १–० ले स्तब्ध पार्दै फाइनल प्रवेश गरेको थियो ।

यस्तै एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फाराकिलो गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको फाइनल खेल पोखरा रंगशालास्थित फुटबल मैदानमा २ः३० बजे हुने आयोजकले जनाएको छ ।



Tags: ,