खेलकुद

२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

२०० मिटर दौडमा शिवराज स्वर्ण
पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स २०० मिटर दौडमा ससस्त्र प्रहरी बल एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवराजले निर्धारित दुरी २१.९१ सेकेन्डमापूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै रजत पदक जिते । आर्मी क्लबका युवराज बिकले २२.५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते । महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । एपीएफकी रमिता कुमारी थारुले… पुरा पढौ

पुरुष फुटबलमा गण्डकीलाई कास्य

फुटबल
पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले कास्य पदक जितेको छ । बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कास्य जितेको हो । गण्डकीका कमल थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औं मिनेटमा कमलले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए । यस अघि गण्डकी सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग १–० को हार व्यहोरेको थियो । सुदुरपश्चिम एपिएफसँग… पुरा पढौ

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

पुरुष भलिबल
पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालामा भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै विभागीय डर्बीमा आर्मीले बाजी मा¥यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो । सेमिफाइनलमा आर्मीले ३–१ को सेटमा पुलिसलाई पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट भने २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो र चौंथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात… पुरा पढौ

एपीएफलाई महिला भलिबलको स्वर्ण

म्यादीको बेनीमा भएको महिला भलिबल तस्बिरः सुर्दशन रन्जित
पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ एपीएफ क्लबले स्वर्ण जितेको छ । बेनीमा भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो । महिला भलिबलमा बागमती प्रदेशले कांस्य पदक जितेको छ । बुधबारै बिहान भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरि बागमतीले कांस्य जितेको हो । पुरा पढौ

साइक्लिङ प्रतियोगितामा विभागिय खेलाडीको वर्चस्व, रोड रेसमा गण्डकी र आर्मीलाई एक–एक स्वर्ण

नवौं राष्ट्रिय साइक्लिङ प्रतियोगितामा विभागिय खेलाडीको वर्चस्व, रोड रेसमा गण्डकी र आर्मीलाई एक–एक स्वर्ण
पोखरा, २ असोज/ गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा विभागिय खेलाडीले वर्चस्व राखेका छन् । जसअन्तरगत नेपाल आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, बागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ आर्मीले ४, एपिएफले ३ र बागमतीले १ पदक जितेको छ ।… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको फराकिलो अग्रता

भारत्तोलनमा एपिएफलाई पहिलो स्वर्ण, नेपाल प्रहरीकी विद्या राईको कीर्तिमान
पोखरा, २ कार्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ८ सय ३३ पदकको छिनोफानो हुँदा आर्मीले १०० स्वर्ण, ७१ रजत र ४९ कास्य पदक सहित कुल २२० पदक जितेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४२ स्वर्ण, ३७ रजत र ४६ कास्यपदक सहित १२५ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले ३४ स्वर्ण, ३८ रजत र ६३ काँस्य पदक सहित कुल १३५ पदक हात… पुरा पढौ

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण
पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लब र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ । काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को… पुरा पढौ

४ सय मिटर रिले दौड आर्मी र एपिएफलाई स्वर्ण

महिला १०० मिटर दौडमा सरस्वतीको राष्ट्रिय कीर्तिमान
पोखरा, २ कात्तिक/ महिला ४ सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी परा गरे । गण्डकीका लागि मनिसा अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरीपुरा गर्दै रजत पदक जित्यो । बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरीपुरा गर्दै कास्य पदक जितेका छन्… पुरा पढौ

आर्चरीमा ७ स्वर्ण सहित गण्डकी टीम च्याम्पियन

आर्चरीमा ७ स्वर्ण सहित गण्डकी टीम च्याम्पियन
पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्णका साथ ४ रजत र १ काँस्य जित्यो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्य हात पारेको छ । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काँस्य पदक प्राप्त गरेको हो । चौथो स्थानमा रहेको पुलिसले १ स्वर्ण, २ रजत र… पुरा पढौ

भारत्तोलनमा एपिएफलाई पहिलो स्वर्ण, नेपाल प्रहरीकी विद्या राईको कीर्तिमान

भारत्तोलनमा एपिएफलाई पहिलो स्वर्ण, नेपाल प्रहरीकी विद्या राईको कीर्तिमान
पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा विभागीय एपिएफ क्लबले पहिलो स्वर्ण जित्न सफल भएको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा एपिएफकी नीशा बलालले स्वर्ण जितेकी हुन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् । विभागीय टिममा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब चम्किंदा जारी खेलमा एपिएफ ३ रजत र २ कास्यमा सीमित थियो ।प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती… पुरा पढौ