नवौ राष्ट्रिय खेलकुदः कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण, लुम्बिनी र पुलिसलाई रजत

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०७९ मा प्रकाशित


नवौ राष्ट्रिय खेलकुदः कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण, लुम्बिनी र पुलिसलाई रजत

नवौ राष्ट्रिय खेलकुदः कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण, लुम्बिनी र पुलिसलाई रजत

पोखरा, ३ कार्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ ।

बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।

पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लवले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने ।

आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो । असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०– १० टिमको सहभागिता रहेको थियो ।



Tags: