सफ्ट टेनिसमा मेन्स टिम इभेन्टसमा प्रदेश १ लाई स्वर्ण

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०७९ मा प्रकाशित


सफ्ट टेनिसमा मेन्स टिम इभेन्टसमा प्रदेश १ लाई स्वर्ण

सफ्ट टेनिसमा मेन्स टिम इभेन्टसमा प्रदेश १ लाई स्वर्ण

पोखरा, ३ कात्तिक/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश नम्बर १ ले जितेको छ । बिहीवार विहान भएको फाइनल खेलमा प्रदेश नं. १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो ।

प्रतियोगिता अन्र्तगत पहिलो सेट नेपाल पुलीसले डबल्स्मा प्रदेश नं. १ लाई ५–१ ,दोस्रो सिंगल्स प्रदेश नं. १ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश नं. १ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजीत भएको हो ।

स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा प्रदेश नं १ का युकेश योञ्जन, अशिष वोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।

त्यस्तै नेपाल पुलीसका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भिमबहादुर थापामगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।

विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रमुख आतित्थतामा पदक वितरण गरिने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।



Tags: