नवौं राष्ट्रिय खेलकुदः महिला फुटबलमा एपिएफलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०७९ मा प्रकाशित


नवौं राष्ट्रिय खेलकुदः महिला फुटबलमा एपिएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः महिला फुटबलमा एपिएफलाई स्वर्ण

पोखरा, ३ कार्तिक/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा एपिएफले स्वर्ण जितेको छ ।
वालिङ खेल मैदानमा बिहिबार नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो ।

खेलको १० औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर समुहलाई अगाडी बढाएकी थिईन् । खेलकोे ५२ मिनेटमा सावित्राले पुनःअर्को गोल गर्दे गोल संख्या दोब्बर बनाइन् ।

७६ औँ मिनेटमा नेपाल पुलिस क्लबकी निरु थापाले एक गोल गर्दे जितको संभावना जिवित राखिन । निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पुलिसको लागि निरु थापाले गरेको एक गोल स्वर्णको लागि प्रयाप्त भएन ।

र पुलिसले रजतमै चित्त बुझाउन प¥यो । त्यसै गरी त्रिभुन आर्मीले कास्य पदक जितेयो ।



Tags: