
सहारा क्लबको फुटबल टोली बेलबारी बुद्ध इन्टरनेशनल गोल्डकप खेल्न प्रस्थान
पोखरा, १८ कार्तिक/ सहारा क्लब पोखराको टोली मोरङमा हुने बेलबारी बुद्ध इन्टरनेशनल गोल्डकपमा भाग लिन त्यसतर्फ प्रस्थान गरेको छ । सहारा क्लब पोखरामा बिहीबार साँझ उनीहरुलाई बिदाइ गरियो ।
क्लब अध्यक्ष हरिराम गुरुङ, वरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले प्रतियोगितामा सफलताको कामना गर्दै सहाराको कीर्ति फैलाउन शुभकामना दिए ।
सुनिल रानामगर प्रशिक्षक रहेको टोलीमा बिमल थापा, सरोज योन्जन, आशीष गुरुङ, रणदीप पौडेल, अतीत भण्डारी, भीषण गुरुङ, जय गुरुङ, दीपेश आले, अभीषेक राना, मुकुन्द निउरे, सुमित श्रेष्ठ छन् ।
यस्तै, फुटबल टिममा नवराज धमेल, जीवन रायमाझी, विशाल नेपाली, भगवत चौधरी, रमन थापा, आशीष लिम्बु, शान्तराम गुरुङ सहभागी छन् ।
टिम म्यानेजर अतीत गुरुङ हुन् भने अफिसियल सिद्धार्थ थापा छन् । मोरङ जाने टोलीमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिति सदस्य नारायण शाहीको पनि सहभागिता छन् ।





