
पोखरामा पुस पहिलो साता मेयरकप साईकल दौड, दोस्रो साता ‘टुर दि पोखरा’
पोखरा, २७ कार्तिक/ साइकल सिटी पोखराले आगामी पुष ६ गते पोखरामा मेयरकप साईकल दौड प्रतियोगिता गर्ने भएको छ । टुर दि पोखराको पूर्वसन्ध्यमा पोखरामा दोस्रो राष्ट्रिय मेयरकप साईकल दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । साइकल सिटीले आयोजना गर्दै आएको ‘टुर दि पोखरा’ पुष ७ र ९ गते हुनेछ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले टुर दि पोखराको झण्डा टुर दि पोखराका संयोजक राजन गोङ्गजुलाई हस्तान्तरण गरे । स्वास्थ्य, बातावरण र पर्यटनका लागि साईकल भन्ने नारा साईकल सिटीले तय गरेको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पुस ६ गते रानीबन क्षेत्रमा २० किलोमिटर साईकल दौड हुनेछ । पोखरा २२ रानीबनको ४ किलोमिटर दुरीलाई पाँच ल्याप(रुटलाई पाँचपटक घुम्ने) गरी २० किलोमिटर पुरा गर्नु पर्ने साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
पोखराले पनि छैटौं पटक ‘टुर दि पोखरा’ अभियान सञ्चालन गर्दै छ । अभियान ७२ किलोमिटरको हुने छ । बाग्लुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्मको यात्रा तय गरिने छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित दुई धार्मिकस्थललाई जोड्ने अभियान साईकल सिटीले लिएको साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले जानकारी दिए ।
टुर दि पोखरा अन्तरगत पोखरामै साईकल ¥याली गरिने संयोजक गोङ्गजुले जानकारी दिए । ¥याली पोखरा बजार क्षेत्र परिक्रम गर्ने छ । टुर दि पोखराको झण्डा हस्तान्तरण गर्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले टुर दि पोखरा कार्यक्रमले पोखराको प्रचार प्रसार गर्न र पोखरामा पर्यटक बढाउन महत्वपुर्ण योग्दान पुग्ने बताए ।