खेलकुद

अन्तराष्ट्रिय खेलाडीको जमघटमा, पाँचौ पटक आइटीएफ टेनिस हुँदै

अन्तराष्ट्रिय खेलाडीको जमघटमा, पाँचौ पटक आइटीएफ टेनिस हुँदै
पोखरा, १० मंसिर/ पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता हुँदैछ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेको सो प्रतियोगितामा भाग लि विभिन्न १० राष्ट्रका सय बढि टेनिस खेलाडीहरु पोखरा आइपुगेका छन् । शुक्रबार आयोजक संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जनाकारी गराएको छ । सर्किट–१ र २ गरि दुई साता सम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।… पुरा पढौ

पोखरा म्याराथनको तयारी सुरु, म्याराथनको प्रथम पुरस्कार ५ लाख

पोखरा म्याराथन
पोखरा, ३० कार्तिक/ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारी संगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अव ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख… पुरा पढौ

वाईवाई छनौंट क्रिकेटमा नवलपुर च्याम्पियन

वाईवाई छनौंट क्रिकेटमा नवलपुर च्याम्पियन
पोखरा, ३० कार्तिक/ वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा नवलपुर लिगको शिर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले ३ खेलमा पुरा जित निकाल्दै ६ अंक सहित शिर्षस्थान कायम गरेको हो । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा कास्कीले स्याङजामाथि १ सय ७५ रनको जित निकाल्दै ४ अंक सहित दोश्रो स्थान कायम ग¥यो । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको खेलमा कास्कीले पहिला व्याटिङ गर्दै पुरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार पा¥यो ।… पुरा पढौ

पोखरामा पुस पहिलो साता मेयरकप साईकल दौड, दोस्रो साता ‘टुर दि पोखरा’

पोखरामा पुस पहिलो साता मेयरकप साईकल दौड, दोस्रो साता ‘टुर दि पोखरा’
पोखरा, २७ कार्तिक/ साइकल सिटी पोखराले आगामी पुष ६ गते पोखरामा मेयरकप साईकल दौड प्रतियोगिता गर्ने भएको छ । टुर दि पोखराको पूर्वसन्ध्यमा पोखरामा दोस्रो राष्ट्रिय मेयरकप साईकल दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । साइकल सिटीले आयोजना गर्दै आएको ‘टुर दि पोखरा’ पुष ७ र ९ गते हुनेछ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले टुर दि पोखराको झण्डा टुर दि पोखराका संयोजक राजन गोङ्गजुलाई हस्तान्तरण गरे । स्वास्थ्य, बातावरण र पर्यटनका लागि साईकल भन्ने नारा साईकल सिटीले तय गरेको… पुरा पढौ

पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा एकेडेमी सञ्चालन

पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा एकेडेमी सञ्चालन
पोखरा, २७ कार्तिक/ पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा ‘बिजि फुटबल एकेडेमी’ सञ्चालनमा ल्याएका छन् । पोखरा–२७ स्थित रिठ्टेपानीमा एकेडेमी सञ्चालनमा ल्याएका हुन् । लामो समय नेपाली फुटबलमा योगदान दिएका बसन्त यति बेला जापानस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक समेत हुन् । विगत चार वर्ष देखि एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका बसन्तले जापानकै अवधारणामा एकेडेमीलाई अघि बढाएका हुन् । पोखरा २७ रिठ्टेपानीमा सञ्चालनमा ल्याएको बिजि फुटबल एकेडेमी १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । दिनमा करिब २ सय जनालाई एकैपटक प्रशिक्षण… पुरा पढौ

महानगरद्धारा १९२ जना खेलाडीहरुलाई नगद सहित सम्मान

महानगरद्धारा १९२ जना खेलाडीहरुलाई नगद सहित सम्मान
पोखरा, २५ कात्तिक / गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान गरिएको हो ।स्वर्ण पदक विजेता ३५ जना, ३२ जना रजत पदक विजेता र ८५ जना कांस्य पदक विजेता खेलाडीहरूलाई महानगरपालिकाले सम्मान गरेको हो । उनीहरूलाई क्रमशः नगद रु.१५ हजार, रु.१० हजार र रु.५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । यस्तै… पुरा पढौ

वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरुः नवलपुरको विजयी शुरुवात

क्रिकेट
पोखरा, २४ कार्तिक/ पोखरामा वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरु भएको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ । टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच दिपक डुम्रेले ५१ रन बनाए । त्यस्तै,गोविन्द विकले ३९ तथा सगुन सापकोटाले २८ रनको पारी खेले । कास्कीका बलरहरु सुदिप अर्याल, सिरिस… पुरा पढौ

आहा ! रारा गोल्डकपको २२ औं श्रृखला पुस १२ देखि

आहा ! रारा गोल्डकप फुटबल
पोखरा, २३ कार्तिक/ सहारा क्लब पोखराको आयोजनामा बर्सेनि हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस १२ देखि २३ सम्मका लागि मिति दिएको हो । एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा ! रारा गोल्डकप–२०७९ फुटबल प्रतियोगिताको (क्याराभाना गोल्डकपसहित) २२ औं संस्करण’ तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका… पुरा पढौ

शारीरिक सुगठन बिश्व प्रतिस्पर्धामा सहभागी हुदै सुजन

सुजन शिल्पकार
पोखरा, २१ कार्तिक/ सुजन शिल्पकार नेपालीको लागि मात्र होइन बिश्व भरका शारीरिक सुगठन अथवा बडी बिल्डिङका लागि नौलो नाम होइन। स्वास्थ जीवन र फिट्नेसमा अर्जुनदृष्टि लागाएर अनवरत लागि रहेका सुजनले यो बितेका २ महिनामा मात्र एकदर्जन भन्दा बढी अवार्डहरु जित्दै आउदो नोभेम्बर १८ देखि २० सम्म इन्डोनेसियामा हुदै गरेको WWF world-championship 2022 तयारीमा छन्। बिगतका बर्षहरु मा सुजनले यस क्षेत्रमा प्राप्त गरेका सफलताका सुचिहरु लामो छ । १६ बर्षको उमेर देखि शारीरिक सुगठनलाई आफ्नो शोख र जिबनको अभिन्न अंग बनाएका… पुरा पढौ

नेपालले जित्यो पब्जी मोवाइल प्रो लिग, ५९ लाख पुरस्कार

नेपालले जित्यो पब्जी मोवाइल प्रो लिग, ५९ लाख पुरस्कार
पोखरा, २१ कार्तिक/ नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रासी जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार रासीको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख ९३.६ मिलियन० र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख ९२.३ मिलियन० जितेका हुन् । ४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न… पुरा पढौ