पोखरामा स्पेनको बि डिभिजनको क्लब पहिलो पटक मैत्रिपुर्ण फुटबल खेल्न आउने

-


     क्लिक गण्डकी     
     मंसिर २९ गते २०७९ मा प्रकाशित


पोखरामा स्पेनको बि डिभिजनको क्लब पहिलो पटक मैत्रिपुर्ण फुटबल खेल्न आउने

पोखरामा स्पेनको बि डिभिजनको क्लब पहिलो पटक मैत्रिपुर्ण फुटबल खेल्न आउने

पोखरा, २९ मंसिर/ पोखरामा स्पेनको बि डिभिजनको क्लव पहिलो पटक मैत्रिपुर्ण फुटबल खेल्न आउने भएको छ । स्पेनको बी डिभिजनको काथेरेन्यो फुटवल क्लव मैत्रिपूर्ण फुटवल प्रतियोगिता खेल्न पोखरामा पहिलो पटक आउने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजनामा र कास्की जिल्ला फुटबल संघको सहकार्यमा स्पेनको काथेरेन्यो फुटवल क्लवसंग गण्डकी प्रदेशको फुटवल टीम बिच आउदो पुषको १३ गते पोखरा रंगशालामा मैत्रिपूर्ण फुटवल खेल हुने भएको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताए ।

विश्व कपमा खेलेका पूर्व खेलाडी मिचेन, मानवेल सहितका खेलाडीहरुको साथमा ८ जना पत्रकार सहित ५२ जनाको टोली गण्डकी प्रदेशको राजधानि पोखरा र काठमाण्डौंमा अर्को मैत्रिपुर्ण फुटवल खेल खेल्न आउने तयारी भएको उनले जनाए । आफु २७ बर्ष यूरोप बसेको अनुभवले नेपालमा पनि केही गर्नु पर्छ भन्ने मान्यताले आफुहरुले नेपालको पहिचान विश्व सामु चिनाउन पनि उक्त कार्यक्रम गर्न लागिएको उपाध्यक्ष सुवेदीले बताए ।

फाउण्डेसनका महासचिव एकराज गिरीले बुद्ध र सगरमाथा जोडेर आफुहरुले विदेशमा नेपालको नाम राख्ने विभिन्न अभियान जारी राख्दै आउने क्रममा उक्त फाउण्डेसन स्थापना गरेको बताए । शान्तिका लागि फुटवल भन्ने अभियान नेपालबाट सुरु गरी यसलाई विश्वका धेरै मुलुकसम्म पुराउने आफुहरुको लक्ष्य रहेको महासचिव गिरीले जनाए । यस्ता अभियानले खेलाडी तथा खेलकुदको विकासमा थप टेवा पुग्ने उनले दाबी गरे । हालसम्म आफुहरुले १६ देशमा समन्वय गरेको महासचिव गिरीले बताए ।

नेपाली फुटवल टिमका पूर्व कम्तान तथा गण्डकी प्रदेशको टिमका समेत कप्तान अनिल गुरुङले स्पेन जस्तो देशका खेलाडीहरुसंग पोखरामा खेल्न पाउनु निकै खुसिको कुरा भएको बताए । आफुहरुको टिमको तयारी सुरु भएको बताएका उनले राजेन्द्र तामाङको प्रमुख प्रशिक्षणमा आफुहरु तयारीमा जुट्दै गरेको जनाए । केही दिनमा २५ जना खेलाडीहरु छनौट गरी मैत्रिपूर्ण खेलको लागि कम्तिमा एक हप्ता प्रशिक्षण गर्ने भएको कप्तान गुरुङले जनाए ।

पूर्व खेलाडी सुन्दर थापाले पोखरामा भएको भोलि पल्ट अर्थात पुष १४ गते काठमाण्डौंमा मैत्रिपुर्ण खेल हुने भएको जनाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पोखरा रंगशालामा निर्माण भएको पोखरा फुटवल स्टेडिएको भरपूर्ण रुपमा प्रयोग सहित त्यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए । खेलाडी र खेलकुदको विकास हुने कुनै पनि कार्यक्रममा मञ्चले सहयोग गर्ने उनको भनाई थियो । मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले यस्ता प्रतियोगिताले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने बताए ।