विश्वकपमा सोमबार प्रि–क्वाटरफाइनलका दुई खेल हुदै

-


     क्लिक गण्डकी     
     मंसिर १९ गते २०७९ मा प्रकाशित


विश्वकप

विश्वकप

एजेन्सी/ फिफा विश्वकप कतार २०२२ अन्तरगत सोमबार प्रि–क्वाटरफाइनलका दुई खेल हुदैछन् । पहिलो खेलमा समूह ‘ई’ को विजेता जापानले समूह ‘एफ’ को उपविजेता क्रोएसियासँग खेल्दैछ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई एकै संस्करणमा हराउन सफल जापान अर्काे सनसनी पूर्ण नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । विश्वकपको उपविजेता क्रोएसिया पनि जापानमाथि आँफु अनुकुल नतिजा निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ ।

अर्काे खेलमा समूह ‘जी’ को विजेता ब्राजिलले समूह ‘एच’ को उपविजेता दक्षिण कोरियासँग खेल्दैछ । यो खेल राति १२ः४५ बजेपछि स्टेडियम ९७४ मा हुनेछ । छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिलले यो खेलमा नेयमारलाई मैदान उतार्ने छ ।

दक्षिण कोरिया पनि अर्काे स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चहान्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

नेपालमा पनि आज हुने खेललाई महत्वका साथ दर्शकहरुले हेर्ने छन् । एशियाली देश भएका कारण पनि यी दुई देशलाई नेपालीको समर्थन जानेछ ।



Tags: