खेलकुद

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
पोखरा, १८ माघ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २३ को टिमले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जितेका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर २० तृतीय भए । महिलातर्फ वडा नम्बर १८ द्वितीय र वडा नम्बर १५ तृतीय भए । पुरुषतर्फ फाइनलमा वडा नम्बर १६ लाई ३–२ को सेट र… पुरा पढौ

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि
काठमाडौं, १८ माघ/ छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएको छ । माघ २४ गतेसम्म आयोजना हुने… पुरा पढौ

राजीनामा माग्नुको तुक छैन– क्रिकेट संघका अध्यक्ष चन्द

राजीनामा माग्नुको तुक छैन– क्रिकेट संघका अध्यक्ष चन्द
पोखरा, १८ माघ/ नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको बताएका छन् । पोखरामा क्यानको मंगलबार बसेको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको बताए । उनले राजीनामा बाहिर हल्ला गरेर माग्ने नभई साधारण सभामा माग्ने वा ३३ प्रतिशतका हस्ताक्षर लिएर आउन चुनौती दिए । उनले ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएमा ३५ दिनभित्रमा विशेष साधारण सभा गरे आफु अध्यक्ष पद छाड्न तयार भएको बताए… पुरा पढौ

सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख अन्तिम साता

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी
पोखरा, १८ माघ/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ बैशाख २२ गते शुक्रबार गर्ने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार स्व. त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा पन्ध्र हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय… पुरा पढौ

पोखरा २३ का दुबै टोली वडा भलिबलको फाइनलमा

पोखरा २३ का दुबै टोली वडा भलिबलको फाइनलमा
पोखरा, १८ माघ/ पोखरा महाननगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ खेल्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित ग¥यो । महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा… पुरा पढौ

क्यानको बैठक पोखरामा, ७ केन्द्रिय सदस्यले माग्य अध्यक्ष राजिनामा

क्यानको बैठक पोखरामा, ७ केन्द्रिय सदस्यले माग्य अध्यक्ष राजिनामा
पोखरा, १७ माघ/ पोखरामा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सञ्चानल भएको छ । पोखरा १७ डेमसाइडस्थित होटल एल्लो प्यागोडामा तोकिएको समय भन्दा केही समय पछि बैठक चलेको हो । दिउँसो बसेको बैठकको सुरुमै ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गर्दै लिखित पत्र बुझाएपछि बैठक स्थगित भएको थियो । राजीनामा माग्नेहरु बैठकस्थल छाडेर हिडेपछि अध्यक्ष चन्दले उनीहरुलाई बैठकमा फकाउन बैठक स्थगित गरेका थिए । तर राजीनामा माग गर्नेहरुले बैठकमा सहभागी नहुने बताए पछि मंगलबार साझँ बैठक… पुरा पढौ

तेस्रो टाईगर कप भलिबलको उपाधि गण्डकी र सशस्त्रलाई

तेस्रो टाईगर कप भलिबलको उपाधि गण्डकी र सशस्त्रलाई
पोखरा, १४ माघ/ तेस्रो टाईगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि गण्डकी प्रदेश र महिला तर्फ एपिएफले जितेको छ । गण्डकीले सशस्त्र प्रहरी बललाई ३–२ सेटमा हराउदै दोस्रो पटक टाईगर कप भलिबलको उपाधि जित्न सफल भयो । गण्डकीले आर्मीलाई १६–२५, २५–१८, २५–१९, २८–२६ र १५–८ ले हरायो । गण्डकीले उपाधि सहित ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा एपिएफले २ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई हराउदै नगद १ लाख २५ हजार प्राप्त… पुरा पढौ

टाईगर कप भलिबलः महिला भलिबल उपाधि सशस्त्रलाई

टाईगर कप भलिबलः महिला भलिबल उपाधि सशस्त्रलाई
पोखरा, १४ माघ/ तेस्रो टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा सशस्त्र प्रहरी बलले जितेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पन्छाउँदै उपाधि जितेको हो । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाईनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो । एपिएफले आर्मीलाई २५–२०, २२–२५, २५–८ र २५–२२ को सेटमा हरायो । सशस्त्रले ५ लाख रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गर्यो । आर्मीले २ लाख ५० हजार प्राप्त गर्यो । पुरा पढौ

कालिकालाई प्रथम कुलपति रनिङ शिल्ड उपाधि

कालिकालाई प्रथम कुलपति रनिङ शिल्ड उपाधि
पोखरा, १४ माघ/ गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै उपाधि जितेको हो । कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले १–१ गोल गरे । टिकाले खेलको ३५औं मिनेटमा गोल गर्दै कालिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा दुवै टिमबाट राम्रो अवसर पाएपनि थप गोल हुन सकेन । दोस्रो हाफको ८७औं मिनेटमा कालिकाका सज्जनले… पुरा पढौ

टाइगरकप भलिबलः घरेलु टोली गण्डकी र एपिएफ फाइनल प्रबेश

टाइगरकप भलिबलः घरेलु टोली गण्डकी र एपिएफ फाइनल प्रबेश
पोखरा, १३ माघ/ पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लब उपाधिका लागि भिड्ने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरा रंगशालामा भइरहेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा दुबै टिमले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । शुक्रबार सम्पन्न सेमीफाइनलमा भारतिय खेलाडी सम्मिलित गण्डकीले विभागिय टोली नेपाल आर्मीको चुनौतीलाई पन्छ्याउँदै फाइनलमा पुगेको छ । गण्डकीले पहिलो… पुरा पढौ