खेलकुद

‘बिटी कप’ को तयारी पूरा, आइतबार देखी शुरु

‘बिटी कप’ को तयारी पूरा, आइतबार देखी शुरु
पोखरा, २१ माघ/ बुद्धटोल युवा क्लबले आयोजना गर्ने १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आइतबार देखि फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । ‘हाम्रो प्रतियोगिताको तयारी लगभग सकिएको छ । भोली दिनको १ बजे उद्घाटन गर्न तयारीमा छौ उनले भने, ‘हालसम्म ४६ टिमको दर्ता भइसकेको छ ।’ फुटबलको विकास गर्ने उद्देश्यसहित विगत… पुरा पढौ

न्यु डायमन्डको विजयी सुरुवात

न्यु डायमन्डको विजयी सुरुवात
काठमाडौं, २१ माघ/ होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ मा विजयी सुरुवात गरेको छ । शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–० को जित निकालेको हो । डायमन्डले आर्मीमाथि २५–२०, २५–१४, २५–१० को सहज जित निकालेको हो । पहिलो सेटको सुरुवातमा ४–० को अग्रता लिदै केहि आशा देखाएको सेना त्यसलाई निरन्तरता दिन नसक्दा २५–२० ले डायमन्डलाई खेल सुम्पन पुग्यो । दोश्रो र तेश्रो सेटमा… पुरा पढौ

राष्ट्रिय ईपि फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण

राष्ट्रिय ईपि फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण
पोखरा, २१ माघ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय ईपि फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकी प्रदेशले स्वर्ण जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार भएको प्रतियोगितामा जुनियर पुरुष (यू–२०)तर्फ नवराजजंग कार्की र महिलातर्फ क्रिपा गुरुङले स्वर्ण जितेका हुन् । पुरुषतर्फ गण्डकीकै प्रशान्त गुरुङले रजत, गण्डकीका सचिन खत्री र बागमती प्रदेशका राहुल दर्शनले कास्य जिते । महिलातर्फ सुदूरपश्चिम प्रदेशकी रेश्मा जैसीले रजत, प्रदेश १ का शान्त विक र सञ्जिवनी चौधरीले कास्य जिते । शनिबार… पुरा पढौ

फागुनमा गण्डकी प्रदेशस्तरिय मुख्यमन्त्री कम महिला तथा पुरुष भलिबल प्रतियोगिता

भलिबल
पोखरा, २० माघ/ गण्डकी प्रदेश स्थापना दिवसमा पोखरामा गण्डकी प्रदेशस्तरिय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता फागुन १ देखि ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने छ । प्रदेश खेलकुद परिषदको शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । “नेपालको राष्ट्रिय खेल भलिबल भएका कारणले पनि… पुरा पढौ

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
पोखरा, १८ माघ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २३ को टिमले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जितेका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर २० तृतीय भए । महिलातर्फ वडा नम्बर १८ द्वितीय र वडा नम्बर १५ तृतीय भए । पुरुषतर्फ फाइनलमा वडा नम्बर १६ लाई ३–२ को सेट र… पुरा पढौ

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि
काठमाडौं, १८ माघ/ छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएको छ । माघ २४ गतेसम्म आयोजना हुने… पुरा पढौ

राजीनामा माग्नुको तुक छैन– क्रिकेट संघका अध्यक्ष चन्द

राजीनामा माग्नुको तुक छैन– क्रिकेट संघका अध्यक्ष चन्द
पोखरा, १८ माघ/ नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नुमा कुनै तुक नरहेको बताएका छन् । पोखरामा क्यानको मंगलबार बसेको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको बताए । उनले राजीनामा बाहिर हल्ला गरेर माग्ने नभई साधारण सभामा माग्ने वा ३३ प्रतिशतका हस्ताक्षर लिएर आउन चुनौती दिए । उनले ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएमा ३५ दिनभित्रमा विशेष साधारण सभा गरे आफु अध्यक्ष पद छाड्न तयार भएको बताए… पुरा पढौ

सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख अन्तिम साता

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी
पोखरा, १८ माघ/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ बैशाख २२ गते शुक्रबार गर्ने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार स्व. त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा पन्ध्र हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय… पुरा पढौ

पोखरा २३ का दुबै टोली वडा भलिबलको फाइनलमा

पोखरा २३ का दुबै टोली वडा भलिबलको फाइनलमा
पोखरा, १८ माघ/ पोखरा महाननगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ खेल्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित ग¥यो । महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा… पुरा पढौ

क्यानको बैठक पोखरामा, ७ केन्द्रिय सदस्यले माग्य अध्यक्ष राजिनामा

क्यानको बैठक पोखरामा, ७ केन्द्रिय सदस्यले माग्य अध्यक्ष राजिनामा
पोखरा, १७ माघ/ पोखरामा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सञ्चानल भएको छ । पोखरा १७ डेमसाइडस्थित होटल एल्लो प्यागोडामा तोकिएको समय भन्दा केही समय पछि बैठक चलेको हो । दिउँसो बसेको बैठकको सुरुमै ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गर्दै लिखित पत्र बुझाएपछि बैठक स्थगित भएको थियो । राजीनामा माग्नेहरु बैठकस्थल छाडेर हिडेपछि अध्यक्ष चन्दले उनीहरुलाई बैठकमा फकाउन बैठक स्थगित गरेका थिए । तर राजीनामा माग गर्नेहरुले बैठकमा सहभागी नहुने बताए पछि मंगलबार साझँ बैठक… पुरा पढौ