खेलकुद

भारतमा प्याराग्लाइडिङमा पदक जित्ने खेलाडीलाई प्रदेश खेलकुदको सम्मान

प्याराग्लाडिङ
पोखरा, २८ पुस/ भारतको मेघालयको राजधानी शिलङमा सम्पन्न मेघालय खुल्ला प्याराग्लाडिङ च्याम्पेन्सिप तथा एशियन लिग २०२२ प्रतियोगितामा बिजेता गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीले सम्मान गरेको छ । डिसेम्वर ७ देखि १० तारिख सम्म भएको प्रतियोगितामा नेपालबाट सहभागि मध्ये ९ जना खेलाडीहरुले पदक जितेका थिए । परिषदले बिहीबार खेलकुदको माध्यमबाट पोखरालाई चिनाउन सहयोग गरेको भन्दै सम्मान गरेको छ । खेलाडीहरुलाई सम्मान गर्दै प्याराग्लाइडिङ खेलले नेपाललाई चिनाउन अहम भूमिका खेलेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले बताए । प्रदेश खेलकुद परिषदका… पुरा पढौ

मिडिया कप फुटसलको उपाधि पोखरा टेलिभिजनलाई

मिडिया कप फुटसलको उपाधि पोखरा टेलिभिजनलाई
पोखरा, २७ पुस/ पोखरामा सम्पन्न मिडियाकप फुटसलको उपाधि पोखरा टेलिभिजनले प्राप्ता गर्दा रेडियो अन्नपूर्णले दोश्रो स्थान प्राप्त गरेको छ । रेडियो सराङ्गकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मिडियाकप फुटसलको उपाधिकर्ता पोखरा टेलिभिजनले नगद रु. ४० हजार, तथा दोश्रो भएको रेडियो अन्नपूर्णले नगद रु. २५ हजारका साथै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी सौगात परियार, उत्कृष्ट गोलरक्षक प्रभात आचार्य र उत्कृष्ट गोलकर्ता विनोद पौडेल बने । प्रतियोगिताको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदको… पुरा पढौ

एनभिए राष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुलिस समूह विजेता

एनभिए राष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुलिस समूह विजेता
काठमाडौं, २७ पुस/ नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । समूह सी को पुलिसले आफुले खेलेको तीनै खेलमा विजयी बन्दै ९ अंकका साथ समूह विजेता बनेको हो । पुलिसले अन्तिम खेलमा गण्डकी प्रदेश माथि रोमाञ्चक प्रतिस्पर्धामा २५–२३, २५–२१, २४–२६ र २५–१५ को जित निकालेको हो । अव पुलिसले क्वाटरफाईनलमा समूह ए को दावाँली मिलन केन्द्र संग प्रतिस्पर्धा गर्नेछ । समूह सी कै अर्को खेलमा ढोरपाटन स्पोर्टस्… पुरा पढौ

मनुश्री ̸ भिग्नाजित अन्तर्राष्ट्रिय जुनियर टेनिसमा अयार्शलाई दोहोरो उपाधि

मनुश्री ̸ भिग्नाजित अन्तर्राष्ट्रिय जुनियर टेनिसमा अयार्शलाई दोहोरो उपाधि
पोखरा, २४ पुस/ पोखरामा शनिबार सम्पन्न दोस्रो मनुश्री ̸ भिग्नाजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा पोखराका अयार्शराज पौडेलले दोहोरो उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न यू–९ र यू–१० ब्वाइज सिंगल्समा अयार्शले दोहोरो उपाधि जितेका हुन् । यू–९ तर्फको खेलमा अयार्शले इभान भट्टराईलाई पराजित गरेका थिए भने यू–१० तर्फ विश्व डल्लाकोटीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । उपाधि संगै अयार्शले नगद ५ हजार र उपविजेता रहेका इभान र विश्वले गिफ्ट… पुरा पढौ

पाहुना टोलीलाई हराँउदै संकटालाई २२ औं आहा राराको उपाधि (कस्ले के के जित्ते)

पाहुना टोलीलाई हराँउदै संकटालाई २२ औं आहा राराको उपाधि
पोखरा, २३ पुस/ अतिरिक्त समयमा भुटनिज युथ स्पोर्टस क्लबलाई पराजित गर्दै संकटाले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । दोस्रो पटक उपाधि उचाल्दा संकटका लागि कप्तान सुनिल बलले निर्णायक गोल गरे । निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको दोस्रो हाफमा सुनिल बलले गोल गर्दै कप्तानी जिम्मेवारी पुरा गरे । फाईनलमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै भुटनिज युथले उत्कृष्ट कमब्याक गर्यो । संकटा पहिलो हाफको ८ औं मिनेटमा सुरजजिउ ठकुरीले गोल गरे ।… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ मान्द्रेढुंगा उडाउन

प्याराग्लाइडिङ
पोखरा, २२ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पोखरा १८ सराङकोटबाट हुदै आएको प्याराग्लाइडिङ मान्द्रेढुंगामा सरेको छ । लामो समय देखी सराङकोटको आकाशमा उडिरहेको प्याराग्लाइडिङ सरेर करिब ४ किलोमिटर पश्चिमको मान्द्रेढुंगाबाट हुन थालेको हो । सराङकोटबाट मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङको अहिले परीक्षण उडान भईरहेको छ । यस अगाडी मान्द्रेढुंगाबाट व्यवसायिक उडान हुने गरेको थिएन । मान्द्रेढुंगाको आकाशमा मात्र प्याराग्लाइडिङ उडाउन पाउने नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले क्षेत्र तोकिदिएको छ । यसअघि प्याराग्लाइडिङ उडान गर्न पाउने सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा विमानस्थल संचालनमा… पुरा पढौ

आहा रारामा संकटा र भुटनिज उपाधि जित्ने दुबैको दावी

आहा रारामा संकटा र भुटनिज उपाधि जित्ने दुबैको दावी
पोखरा, २२ पुस/ आहा रारा पोखरा गोल्डकपको उपाधि छिनोफानो पोखरा रंगशालामा शनिबार हुदैछ । संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका फाइनलमा पुग्दै उपाधि उचाल्ने दाउमा छन् । संकटा दोस्रो पटक उपाधि उचाल्ने योजना बनाउदा अमेरिकन टोली पहिलो पटक उपाधि उचाल्ने दाउमा छ । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने संकटाका प्रशिक्षक सल्यान खड्की बताउ छन् । उनले विदेशी टिम सगँ प्रतिस्पर्धा गर्न पाउनु राम्रो खेल प्रर्दशन गर्ने अवसर पनि भएको बताए । ‘जित्नै लागि आएको हो । तयारी… पुरा पढौ

भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा

भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा
पोखरा, २१ पुस/भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका पोखरा आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाईनलमा चर्च ब्वाईज युनाईटेडको चुनौतिलाई १–० गोलले पन्छाउँदै पाहुना टोली भुटनिज फाईनल प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समय ४८ औं मिनेटमा भुटनिज युथ स्पोर्टसले गोल गरेको थियो । प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड९रातो कार्ड० खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश… पुरा पढौ

संकटा आहा रारा पोखरा गोल्डकपको फाइनलमा

संकटा आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, २० पुस/ गत वर्षको उपाधि विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई फराकिलो अन्तरले हराउदै संकटा क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । २२ औं आहा रारा पोखरा गोल्डकपमा संकटाले एपिएफलाई ४–१ गोलले हरायो । पोखराको मैदानमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा संकटासँग सशस्त्र शुरुदेखि नै लर्बराएको थियो । त्रिभुवन आर्मी क्लबलाई क्र्वाटरफाईनलमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको संकटाले अर्को विभागीय क्लबलाई सहज पन्छाउन दुई अफ्रिकन खेलाडी नायक बने । संकटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङले २… पुरा पढौ

आहा रारामा मनाङ मस्र्याङ्दीलाई हराउदै अमेरिकी क्लब सेमिफाइनलमा

आहा रारामा मनाङ मस्र्याङ्दीलाई हराउदै अमेरिकी क्लब सेमिफाइनलमा
पोखरा, १९ पुस/ आहा रारा पोखरा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै बिवाईएससी मिनेसोटा अमेरिका सेमिफाइलनमा प्रबेश गरेको छ । ६ पटकको आहा राराको विजेता मनाङ मस्र्याङ्दीलाई बिवाईएससी मिनेसोटा अमेरिकाले १–० गोलमा पराजित ग¥यो । आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ बाहिरीयो । पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोलीले सेमिफाईनल पुग्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने… पुरा पढौ