खेलकुद

१९ औं माछापुच्छ्रे पोखरा ओपन टेनिसको उपाधि प्रदिप र अभिलाषालाई

पोखरा ओपन टेनिसको उपाधि प्रदिप र अभिलाषालाई
पोखरा, १६ पुस/ १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस सिंगल्सतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडीद्वय प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको ओपन सिंगल्स मेन्स तर्फको उपाधि प्रदिप र उमेन्सतर्फ अभिलाषाले जितेका हुन् । शनिबार पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । खुट्टामा चोट बोकेका प्रदिपले पहिलो सेट ६–३ ले जित्दै प्रनभ माथी दबाव बनाउने… पुरा पढौ

राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा प्रिन्स र प्रफुल

राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा प्रिन्स र प्रफुल
पोखरा, १६ पुस/ युवा स्टार खेलाडी प्रिन्स दाहाल र युवा खेलाडी प्रफुल महर्जन पोखरामा जारी प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पुरुष एकल तर्फको विधामा नेपाल पुलिस क्लवका दाहाल र त्रिभुवन आर्मी क्लवका महर्जन बिच शनिबार पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा फाइनल खेल हुने भएको कास्की जिल्ला व्याडमिन्टन संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताए । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीका महर्जनले नेपाल पुलिस क्लवका बिष्णु कटुवाललाई २१—१३, १७—२१ र २१—११ को सेटमा पराजित गरी… पुरा पढौ

१९ औं माछापुच्छ्रे ओपन टेनिसको फाइनलमा प्रदिप र अभिलाषा, डबल्स मेन्सको उपाधि प्रदिप र नेहालले जिते

१९ औं माछापुच्छ्रे ओपन टेनिसको फाइनलमा प्रदिप र अभिलाषा, डबल्स मेन्सको उपाधि प्रदिप र नेहालले जिते
पोखरा, १५ पुस/ नेपालका नं १ प्रदिप खड्का मेन्सतर्फ र उमेनसतर्फ अभिलाष विष्ट १९ औं माछापुच्छ्रे ओपन टेनिसको उपाधि नजिक पुगेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा उनीहरु उपाधि नजिक पुगेका हुन् । शुक्रबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न सेमीफाइलमा मेन्स ओपनतर्फ प्रदिपले रितिक रानालाई टाई ब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गरे । निकै संघर्षपूर्ण खेलमा नेपालका नं १ खेलाडी प्रदिपलाई चुनौती दिएका रितिकले पहिलो र दोश्रो सेट समान बराबरीमा ६–६… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपः पुलिसलाई हराउदै चर्च व्याइज क्वाटरफाइनलमा

आहा रारा पोखरा गोल्डकपः पुलिसलाई हराउदै चर्च व्याइज क्वाटरफाइनलमा
पोखरा, १५ पुस/ पहिलो सहभागीता मै चर्च व्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपमा क्वाटरफाइनलमा प्रबेश गरेको छ । चर्च व्वाइजले नेपाल पुलिस क्लबलाई २–१ ले हराउदै क्वाटर फाइनलमा मछिन्द्र फुटबल क्लब सगँको भेट पक्का गरेको छ । चर्च ब्वाइजको जितमा अञ्जन विष्ट र अनन्त तामाङ एक/एक गोल गरे । खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम नराख्दा प्रतियोगिताबाट बाहिरियो । खेलको २५ औं मिनेटमा नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा नेपाल पुलिस र चर्च ब्वाइज् भिड्दै

आहा रारा पोखरा गोल्डकप
पोखरा, १५ पुस/ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै छन् । पुलिस क्बल पोखरामा सफल टिमका रुपमा चिनिन्छ भने चर्च व्याइज पहिलो पटक सहभागीता जनाउदै छ । आहा राराको नेपाल पुलिस क्लब ६ पटकको बिजेता हो । चर्च ब्वाइज नयाँ क्बल भएका कारण राष्ट्रिय टिमका खेलाडीहरु समाबेस छन् । बिहीबार भएको पहिलो खेलमा आयोजक सहारा क्बललाई हराउद धरान क्वाटरफाइनलमा प्रबेश गरेको छ । पुरा पढौ

व्याडमिन्टनमा प्रिन्स दाहाल क्वाटरफाइनलमा प्रबेश

व्याडमिन्टनमा प्रिन्स दाहाल क्वाटरफाइनलमा प्रबेश
पोखरा, १५ पुस/ युवा स्टार खेलाडी प्रिन्स दाहाल प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेका छन्। विश्व नम्बर एक जुनियर खेलाडी समेत भएका दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको पि«—क्वाटर फाइनल खेलमा एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्। नेपाल पुलिस क्लवका दाहालसंगै पुरुष एकल तर्फको विधामा त्रिभुवन आर्मीका डेभिड थापा मगर, वुटवलका गणेश रायमाझी, कास्कीका विधान अधिकारी, पुलिसका बिष्णु कटुवाल, एपिएफका क्षितिज खनाल, आर्मीका प्रफुल महर्जन र एपिएफका बिजित थापा मगर विहिबारको… पुरा पढौ

महान् फुटबलर पेलेको निधन

पेले
एजेन्सी/ फुटबललाई फुटबल भनेर चिनाउन सफल स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए । तीन पटक ब्राजिललाई विश्व कपको उपाधि दिलाउन योगदान पु¥याएका पेले गएको महिनादेखि अस्पताल भर्ना भएका थिए । ब्राजिलको सानो सहर मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो । उनको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलले पाँच पटक विश्व कप… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा आयोजकलाई हराउ धरान क्वाटफाइनलमा

आहा रारा पोखरा गोल्डकप
पोखरा, १४ पुस/ २२ औं आहारारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले आयोजक सहारा क्लबलार्य विजयी सुरुआत गरेको छ । सहारा क्लबलाई १–० ले हराउँदै धरानले क्वाटरफाइनलमा नेपाल एपिएफ क्लब सगँको भेट पक्का गरेका छ । खेलको चौथो मिनेटमा सहाराका भावगत चौधरीले डिबक्स बाहिर फउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गर्यो । चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकलाई बुढाथोकीले नै गोल गरे । खेलको चौथो मिनेट गरेको गोलले उनलाई म्यान अफ दि म्याच भए । शुक्रबारको खेल नेपाल पुलिस क्लब र… पुरा पढौ

१९ औं माछापुच्छरे पोखरा ओपन तथा भेट्रान्स तर्फ क्वाटर र सेमीफाइनलका समिकरण सुरु

१९ औं माछापुच्छे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी
पोखरा, १४ पुस/ पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बुधबार तेश्रो दिन पनि जारी रहेको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो । पौष १५ गते सम्म हुने उक्त प्रतियोगिताको चौथो दिन ओपन मेन्स÷उमेन्स सिंगल्सतर्फ, ३५ र ४५ वर्ष माथीको क्वाटरफाइनल र सेमीफाइनलका खेलहरु बिहिबार सञ्चालन हुने संगै भेट्रान्सतर्फ ५५ र ६५ वर्ष भन्दा माथीको सेमीफाइनल र फाइनलका खेलहरु हुने भएको… पुरा पढौ

मैत्रिपूर्ण फुटबलमा गण्डकी ११ लाई पराजित गरी स्पेनको काथेरेन्यो क्लब विजयी

मैत्रिपूर्ण फुटवलमा गण्डकी ११ लाई पराजित गरी स्पेनको काथेरेन्यो क्लब विजयी
पोखरा, १३ पुस/ पोखरा रंगशालामा बुधबार भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो । काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले एक एक गोलको योगदान दिए । काथेरेन्योले पहिलो हाफमा गण्डकी ११ माथि २—० को अग्रता कायम गरेको थियो । पहिलो हाप देखि खेलमा निकै हावी भएको काथेरेन्यो क्लबले पाएका… पुरा पढौ