भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा

-


     क्लिक गण्डकी     
     पौष २१ गते २०७९ मा प्रकाशित


भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा

भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा

पोखरा, २१ पुस/भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका पोखरा आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाईनलमा चर्च ब्वाईज युनाईटेडको चुनौतिलाई १–० गोलले पन्छाउँदै पाहुना टोली भुटनिज फाईनल प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समय ४८ औं मिनेटमा भुटनिज युथ स्पोर्टसले गोल गरेको थियो ।

प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड९रातो कार्ड० खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश खेलाडीमा सीमित भएको थियो । खेलमा भुटनिजका रोजिन प्रजापति म्यान अफ दि म्याच भए ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा रहेको २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधिको लागि संकटा र भुटनिज युथ स्पोर्टस क्लब बीच शनिबार प्रतिस्पर्धा हुने छ ।

विजेता क्लबले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । उत्कृष्ट पाँच विधाकाले नगद पुरस्कार प्राप्त गर्ने छन् ।



Tags: