पोखरामा प्याराग्लाइडिङ मान्द्रेढुंगा उडाउन

-


     क्लिक गण्डकी     
     पौष २२ गते २०७९ मा प्रकाशित


प्याराग्लाइडिङ

प्याराग्लाइडिङ

पोखरा, २२ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पोखरा १८ सराङकोटबाट हुदै आएको प्याराग्लाइडिङ मान्द्रेढुंगामा सरेको छ ।

लामो समय देखी सराङकोटको आकाशमा उडिरहेको प्याराग्लाइडिङ सरेर करिब ४ किलोमिटर पश्चिमको मान्द्रेढुंगाबाट हुन थालेको हो । सराङकोटबाट मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङको अहिले परीक्षण उडान भईरहेको छ ।

यस अगाडी मान्द्रेढुंगाबाट व्यवसायिक उडान हुने गरेको थिएन । मान्द्रेढुंगाको आकाशमा मात्र प्याराग्लाइडिङ उडाउन पाउने नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले क्षेत्र तोकिदिएको छ ।

यसअघि प्याराग्लाइडिङ उडान गर्न पाउने सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा विमानस्थल संचालनमा आएदेखि प्राधिकरणले उडानमा रोक लगाएको छ ।

मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान क्षेत्रको पामे क्षेत्रमा अवतरण गर्न पाउँने नेपाल हवाई खेलकुद संस्थाले जानकारी दिएको छ । अहिले परीक्षणको क्रममा पनि पामे फाँटमा अवतरण गरिरहेका छन् ।