पाहुना टोलीलाई हराँउदै संकटालाई २२ औं आहा राराको उपाधि (कस्ले के के जित्ते)

-


     क्लिक गण्डकी     
     पौष २३ गते २०७९ मा प्रकाशित


पाहुना टोलीलाई हराँउदै संकटालाई २२ औं आहा राराको उपाधि

पाहुना टोलीलाई हराँउदै संकटालाई २२ औं आहा राराको उपाधि

पोखरा, २३ पुस/ अतिरिक्त समयमा भुटनिज युथ स्पोर्टस क्लबलाई पराजित गर्दै संकटाले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । दोस्रो पटक उपाधि उचाल्दा संकटका लागि कप्तान सुनिल बलले निर्णायक गोल गरे ।

निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको दोस्रो हाफमा सुनिल बलले गोल गर्दै कप्तानी जिम्मेवारी पुरा गरे । फाईनलमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै भुटनिज युथले उत्कृष्ट कमब्याक गर्यो । संकटा पहिलो हाफको ८ औं मिनेटमा सुरजजिउ ठकुरीले गोल गरे । संकटाले खेलको ३५ औं मिनेटमा मुसेकले गरे ।

३७ औं मिनेटमा भुटनिजले गोल फर्काउँदै खेलमा फर्किने संकेत गर्यो । फ्रिकिकलाई सुदपयो गर्यो । मिगेल पालाफक्सको क्रसमा रेने सान्तलिनले गोल गर्दै अन्तर घटाए । पहिलो हाफको अतिरिक्त समयमा ४८ औ मिनेटमा भुटनिजले बराबरी गोल गर्दै खेलमा फर्कियो । धिरज थाजलीको फ्रिकिकलाई अग्ला कदका खेलाडी विल्स ग्रिफितले गोल गर्दै बराबरीमा ल्याए ।

अतिरिक्त समयको पहिलो हाफ पनि गोलरहित भएपछि खेल टाईब्रेकरमा उद्दत थियो । तर खेलको ११७ औं मिनेटमा संकटाका कप्तान सुनिलले उत्कृष्ट फिनिसिङ गर्दै उपाधि दिलाए ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी पुरस्कार संकटाका सुलिन बलले प्राप्त गरे । उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार संकटाका स्ट्राईकर मेसुकेले पाए ।

उनले चार गोल गरेका थिए । संकटाका गोलकिपर टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर घोषित भए । उत्कृष्ट डिफेण्ड भुटनिजका हेक्टर ओर्टेगा भए । बेष्ट मिडफिल्ड संकटाका आयुष घालान बने । उत्कृष्ट स्ट्राईकरको पुरस्कार भने स्टेफन विनोङलाई प्रदान गरियो । उत्कृष्ट प्रशिक्षक संकटाका प्रशिक्षक सल्यान खड्गी बने ।

विजेता संकटा क्लबले नगद १२ लाख रुपैया नगदसहित ट्रफी उचाल्यो । उपविजेता बनेको भुटनिज युथ स्पोर्टस क्लबले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उत्कृष्ट पाँच विधाका विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट विधाको पुरस्कार प्रायोजन सुर्यबहादुर केस स्मृतिले प्रायोजन गरेको थियो ।

विजेता तथा उपविजेता एवं विधागत उत्कृष्टलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ, हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, किरण केसी लगायतले पुरस्कार प्रदान गरेका थिए ।



Tags: