आहा रारामा संकटा र भुटनिज उपाधि जित्ने दुबैको दावी

-


     क्लिक गण्डकी     
     पौष २२ गते २०७९ मा प्रकाशित


आहा रारामा संकटा र भुटनिज उपाधि जित्ने दुबैको दावी

आहा रारामा संकटा र भुटनिज उपाधि जित्ने दुबैको दावी

पोखरा, २२ पुस/ आहा रारा पोखरा गोल्डकपको उपाधि छिनोफानो पोखरा रंगशालामा शनिबार हुदैछ । संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका फाइनलमा पुग्दै उपाधि उचाल्ने दाउमा छन् । संकटा दोस्रो पटक उपाधि उचाल्ने योजना बनाउदा अमेरिकन टोली पहिलो पटक उपाधि उचाल्ने दाउमा छ ।

उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने संकटाका प्रशिक्षक सल्यान खड्की बताउ छन् । उनले विदेशी टिम सगँ प्रतिस्पर्धा गर्न पाउनु राम्रो खेल प्रर्दशन गर्ने अवसर पनि भएको बताए । ‘जित्नै लागि आएको हो । तयारी पनि त्यही अनुसार भएको छ’ प्रशिक्षक खड्गीले भने ‘दोस्रो पटक आहा रारा उपाधि उचाल्ने लक्ष्यमा छौं ।’ संकटाले १९ औं संस्करणको उपाधि उचालेको थियो ।

त्यसै गरी भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकाका प्रशिक्षक प्रदिप हुमागाँईले आफुहरुको टिम सशक्त रहेको बताए । उनले आहा राराको ११ औं संस्करणमा थ्रीस्टार प्रशिक्षक हुदाँ उपाधि जितेको बताउदै अहिले पनि उपाधि चुम्ने बताए । उनले आफुभन्दा सिनियर फुटबलर एवं प्रशिक्षकसँग उपाधि प्रतिस्पर्धा गर्न पाउनु नै सौभाग्य भन्दै राम्रो खेल प्रर्दशन गरेर उपाधि जिन्ने दावी गरे ।

भुटनिजको डिफेण्डर लाईन निकै बलियो छ । संकटाको मिडफिल्ड निकै उत्कृष्ट छ । प्रतियोगिताको सेमिफाइनल सम्मको समिकरण सकिदा अहिले सम्म २० गोल भएको प्रतियोगिताका म्याचकमिस्नर कृष्ण थापाले बताए । अहिले सम्म २८ पहेलो कार्ड र एक रेडकार्ड पाएको थापाले बताए ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता भएको हो । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको विजेताले ट्रफी सहित १२ लाख, उपविजेताले ६ लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर पाउने छ । उत्कृष्ट पाँच विधाले नगद प्राप्त गर्ने छन् ।