आहा रारामा आर्मीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा

-


     क्लिक गण्डकी     
     पौष १८ गते २०७९ मा प्रकाशित


आहा रारामा आर्मीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा

आहा रारामा आर्मीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा

पोखरा, १८ पुस/ विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ३–१ गोलअन्तरले पराजित गर्दै संकटा २२ औं आहा रारा पोखरा कपको सेमिफाइनलमा प्रबेश ग¥यो । सेमिफाइनलमा संकटाले एपीएफसँग खेल्ने छ ।

संकटा क्लबको जितमा मेसुके, सुरज जिउ ठकुरी र स्टेफन बिनोङले एक/एक गोलको योगदान गरे । आर्मीका लागि नवयुग श्रेष्ठले खेलको १५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेर अग्रता लिए पनि जितका लागि प्रयाप्त भएन ।

खेलको १४ औं मिनेटको आर्मीका दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाए पछि आर्मीले पेनाल्टी पाएको थियो ।

खेलको ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबर बनाए । उनले सुनिल बलले दिएको सट्पासलाई गोलमा परिणत गरेका थिए ।

खेलको ७३ औं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फिर्ता भएको बललाई गोलमा परिणत गरे । अतिरिक्त समयको ६ औं मिनेटमा स्टेफन बिनोङले गोल गरे । मंगलबारको खेल मनाङ मस्याङदी क्बल र भुट्निज क्बलका बिच हुनेछ ।