खेलकुद

पोखरामा प्याराग्लाइडिङ मान्द्रेढुंगा उडाउन

प्याराग्लाइडिङ
पोखरा, २२ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पोखरा १८ सराङकोटबाट हुदै आएको प्याराग्लाइडिङ मान्द्रेढुंगामा सरेको छ । लामो समय देखी सराङकोटको आकाशमा उडिरहेको प्याराग्लाइडिङ सरेर करिब ४ किलोमिटर पश्चिमको मान्द्रेढुंगाबाट हुन थालेको हो । सराङकोटबाट मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङको अहिले परीक्षण उडान भईरहेको छ । यस अगाडी मान्द्रेढुंगाबाट व्यवसायिक उडान हुने गरेको थिएन । मान्द्रेढुंगाको आकाशमा मात्र प्याराग्लाइडिङ उडाउन पाउने नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले क्षेत्र तोकिदिएको छ । यसअघि प्याराग्लाइडिङ उडान गर्न पाउने सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा विमानस्थल संचालनमा… पुरा पढौ

आहा रारामा संकटा र भुटनिज उपाधि जित्ने दुबैको दावी

आहा रारामा संकटा र भुटनिज उपाधि जित्ने दुबैको दावी
पोखरा, २२ पुस/ आहा रारा पोखरा गोल्डकपको उपाधि छिनोफानो पोखरा रंगशालामा शनिबार हुदैछ । संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका फाइनलमा पुग्दै उपाधि उचाल्ने दाउमा छन् । संकटा दोस्रो पटक उपाधि उचाल्ने योजना बनाउदा अमेरिकन टोली पहिलो पटक उपाधि उचाल्ने दाउमा छ । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने संकटाका प्रशिक्षक सल्यान खड्की बताउ छन् । उनले विदेशी टिम सगँ प्रतिस्पर्धा गर्न पाउनु राम्रो खेल प्रर्दशन गर्ने अवसर पनि भएको बताए । ‘जित्नै लागि आएको हो । तयारी… पुरा पढौ

भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा

भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा
पोखरा, २१ पुस/भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका पोखरा आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाईनलमा चर्च ब्वाईज युनाईटेडको चुनौतिलाई १–० गोलले पन्छाउँदै पाहुना टोली भुटनिज फाईनल प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समय ४८ औं मिनेटमा भुटनिज युथ स्पोर्टसले गोल गरेको थियो । प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड९रातो कार्ड० खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश… पुरा पढौ

संकटा आहा रारा पोखरा गोल्डकपको फाइनलमा

संकटा आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, २० पुस/ गत वर्षको उपाधि विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई फराकिलो अन्तरले हराउदै संकटा क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । २२ औं आहा रारा पोखरा गोल्डकपमा संकटाले एपिएफलाई ४–१ गोलले हरायो । पोखराको मैदानमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा संकटासँग सशस्त्र शुरुदेखि नै लर्बराएको थियो । त्रिभुवन आर्मी क्लबलाई क्र्वाटरफाईनलमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको संकटाले अर्को विभागीय क्लबलाई सहज पन्छाउन दुई अफ्रिकन खेलाडी नायक बने । संकटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङले २… पुरा पढौ

आहा रारामा मनाङ मस्र्याङ्दीलाई हराउदै अमेरिकी क्लब सेमिफाइनलमा

आहा रारामा मनाङ मस्र्याङ्दीलाई हराउदै अमेरिकी क्लब सेमिफाइनलमा
पोखरा, १९ पुस/ आहा रारा पोखरा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै बिवाईएससी मिनेसोटा अमेरिका सेमिफाइलनमा प्रबेश गरेको छ । ६ पटकको आहा राराको विजेता मनाङ मस्र्याङ्दीलाई बिवाईएससी मिनेसोटा अमेरिकाले १–० गोलमा पराजित ग¥यो । आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ बाहिरीयो । पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोलीले सेमिफाईनल पुग्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने… पुरा पढौ

सफल पोखरा म्याराथनको १७ औं संस्करण फागुन पहिलो साता

सफल पोखरा म्याराथनको १७ औं संस्करण फागुन पहिलो साता पत्रकार सम्मेलनमा जानकारी दिदै । तस्बिरः सुर्दशन रञ्जित
पोखरा, १९ पुस/ पोखरा म्याराथनको १७ औं संस्करण फागुन ६ गते हुने भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजना हुने १७ औं संस्करणमा ८ वटा इभेन्टहरु हुने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष हरी पराजुलीले जानकारी दिए । मुख्य इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलामिटर हाफ म्याराथन महिला, महिला÷पुरुष १० किलोमिटर दौड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किलोमिटर दौड, महिला/पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड समावेश गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए । दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’… पुरा पढौ

आहा रारामा आर्मीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा

आहा रारामा आर्मीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा
पोखरा, १८ पुस/ विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ३–१ गोलअन्तरले पराजित गर्दै संकटा २२ औं आहा रारा पोखरा कपको सेमिफाइनलमा प्रबेश ग¥यो । सेमिफाइनलमा संकटाले एपीएफसँग खेल्ने छ । संकटा क्लबको जितमा मेसुके, सुरज जिउ ठकुरी र स्टेफन बिनोङले एक/एक गोलको योगदान गरे । आर्मीका लागि नवयुग श्रेष्ठले खेलको १५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेर अग्रता लिए पनि जितका लागि… पुरा पढौ

तेस्रो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ दोस्रो साता

टाइगर कप भलिबल
पोखरा, १८ पुस/ तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ पहिलो साता हुने भएको छ । आयोजक टाइगर गु्रप अफ पोखरा नेपालले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर माघ ८ देखि १४ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुने संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ पाँच/पाँच टिमले प्रतिष्पर्धा गर्ने टाइगर अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगितामा महिला तर्फ केरला स्टेट, इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली… पुरा पढौ

मछिन्द्रलाई हराउदै चर्च ब्वाईज आहा राराको सेमिफाइनलमा

मछिन्द्रलाई हराउदै चर्च ब्वाईज आहा राराको सेमिफाइनलमा
पोखरा, १७ पुस/ आहा रारा पोखरा गोल्डकपमा मछिन्द्रलाई हराउदै चर्च ब्वाईज सेमिफाइलनमा प्रबेश गरेको छ । चर्च ब्वाईजले मछिन्द्रललाई ३–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा तय गर्दा साविक शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटलब क्लब बाहिरीएको छ । पहिलो हाफमै दुई गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफ भने केही सुधारिएको प्रदर्शन गर्यो । चर्चले पहिलो गोल २३ औं मिनेटमा गर्यो । अन्जन विष्टले मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ मात्रै भएको अवस्थामा गरेको हेडरलाई बचाए । क्लियर हुन नसकेको बललाई… पुरा पढौ

धरानलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एपीएफ आहा राराको सेमिफाइनलमा

धरानलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एपीएफ आहा राराको सेमिफाइनलमा
पोखरा, १६ पुस/ धरान फुटबल क्लबलाई हराउँदै शसस्त्र प्रहरीको एपीएफ फुटबल क्बल २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले धरानलाई २–० पराजित ग¥यो । डिफेन्डिङ च्याम्पियन एपीएफलाई विजयी बनाउन बिकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३६ औं मिनेटमा एपीएफका बिकु तामाङले गोल गर्दै एफिएफलाई अग्रता दिलाए । बुद्धिमान राईले दिएको लामो पासलाई क्यास गर्दै तामाङले गोल गरे । तामाङ खेलको म्याद अफ दी म्याचसमेत बन्ने ।खेलको ३९… पुरा पढौ