खेलकुद

कुलपति रनिङ शिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

कुलपति रनिङ शिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
पोखरा, १२ माघ/ प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । यी दुई विचको खेल पोखरा रंगशालामा शुक्रबार दिउँसो साढे १ बजे सुरु हुनेछ । गण्डकी विश्वविद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो । भद्रकालीका अमित गुरुङले ह्याट्रिक गरे । उनले खेलको ३८ औं, ५५ औं र ५९ औं मिनेटमा गोल गरेका… पुरा पढौ

टाईगर कप भलिबलः महिला तर्फ सशस्त्र र आर्मी फाइनलमा

टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ
पोखरा, १२ माघ/ तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलको एपिएफ क्बल र त्रिभुवन आर्मी सँग भिड्ने छ । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको छ । सशस्त्रले गण्डकी प्रदेशको चुनौतिलाई २५–१३, २५–१७ र २५–२१ को सेटमा पन्छायो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा न्यु डायमण्डको चुनौतिलाई त्रिभुवन आर्मीले २३–२५, २५–१३, २५–२२ र २५–१२ सोझो सेटमा पन्छाउँदै उत्कृष्ट पुनरागमन सहित… पुरा पढौ

टाइगर कप भलिबलः महिलातर्फ सेमिफाइनलको समिकरण पुरा

टाइगर कप भलिबलः महिलातर्फ सेमिफाइनलको समिकरण पुरा
पोखरा, ११ माघ/ तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सेमीफाइनलको समिकरण पुरा भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ सेमीफाइनलको समिकरण पुरा भएको छ । महिला तर्फ शसस्त्र प्रहरीबलको एपिएफ क्लबले लिग तालिकाको पुछारमा रहेको गण्डकी प्रदेश सँग भेट पक्का गरेको छ । होङवान्जी न्यू डायमण्डले त्रिभुवन आर्मी संग भेट पक्का गरेको छ । न्यू डायमण्डले बुधबार भएको गण्डकी विरुद्धको खेल ३–१ सेटमा जित्न सफल भएको… पुरा पढौ

टाइगर कप भलिबलः एपिएफको दोहोरो जित

टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ
पोखरा, १० माघ/ ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली एपिएफ, नेपाल पुलिस र महिला तर्फ एपिएफ क्लबले जित निकालेका छन् । पुरुष तर्फ एपिएफले आयोजकका गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको छ । त्यसै गरी नेपाल पुलिस क्लबले पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–२ को सेटमा सर्घष पुर्ण जित निकालेको छ । महिला तर्फ एपिएफले होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा हरायो ।… पुरा पढौ

पोखरामा कुलपति रनिङ शिल्डः इन्द्र राज्यलक्ष्मी क्वाटरफाइलनमा प्रवेश

पोखरामा कुलपति रनिङ शिल्डः इन्द्र राज्यलक्ष्मी क्वाटरफाइलनमा प्रवेश
पोखरा, ९ माघ/ गण्डकी विश्वविद्यालयको आयोजनामा सोमबारदेखि कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन् । सोमबार भएको उद्घाटन खेलमा इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय विजयी भएको छ । पोखरा रंगशालामा भएको पहिलो खेलमा इन्द्र राज्यलक्ष्मीले ग्लोबल कलेजियट माध्यमिक विद्यालयलाई ३–१ ले पराजित गरेको हो । राज्यलक्ष्मीको जितमा दीपक गोलेले २ र सुजल नेपालीले १ गोल गरे । ग्लोबलका लागि मन्दीप गुरुङले १ गोल फर्काए । खेलको सुरुआत… पुरा पढौ

टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ

टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ
पोखरा, ९ माघ/ ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले पुरुषतर्फ जित निकालेका छन् । नेपाल आर्मीले विदेशी पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–० को सोझो सेटमा जित निकाल्दा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पाखा लगायो । प्रतियोगितामा नेपाल आर्मीले सेन्ट जोसेफ वाज स्पोर्टस क्लव श्रीलंका विरुद्ध पहिलो सेट २५–२० दोश्रो सेट २५–१६ र… पुरा पढौ

जेसिए हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

जेसिए हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
पोखरा, ८ माघ/ हिसान गण्डकीको आयोजनामा पोखरामा भएको प्रथम हिसान फुटसल प्रतियोगितामा पोखरा २६ लेखनाथको जुनियर सिटिजन एकेडेमी (जेसिए) कास्की च्याम्पिएन बन्न सफल भएको छ । कास्की छनौट प्रतियोगिताको फाइलनमा जेसिएले कास्की मोडनाइज एकेडेमीलाई २–१ गोलले हराउदै च्याम्पियन बन्न सफल भएको हो । फाइनलमा जेसिएका लागि विकास परियार र विमल चन्द्रले एक एक गोलको योगदान दिए । त्यसै गरी कास्की मोडनाइजका लागि विजय गिरीले एक गोल गरे । आइतबार नै भएको सेमिफाइनल खेलमा कास्की मोडनाइजले करुणनिधि एजुकेसन फाउण्डेसनलाई ५–० गोलले… पुरा पढौ

तेस्रो टाइगर कप भलिबल प्रतियोगिता शुरु, गण्डकी, सशस्त्र प्रहरी र आर्मी विजयी

तेस्रो टाइगर कप भलिबल प्रतियोगिता शुरु, गण्डकी, सशस्त्र प्रहरी र आर्मी विजयी
पोखरा, ८ माघ/ पोखरामा शुरु भएको तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा गण्डकी प्रदेश, आर्मी र सशस्त्र प्रहरीले विजयी शुरुवात गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले पुरुष तर्फ नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । स्पाईक, ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुष तर्फको प्रतिस्पर्धामा आईतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै तीन अंक प्राप्त ग¥यो । गण्डकीले पुलिसलाई २५–२३, २५–२० र… पुरा पढौ

हिसान फुटसल कास्की जिल्ला छनौटमा सेमिफाइनल समिकरण पुरा

हिसान फुटसल कास्की जिल्ला छनौटमा सेमिफाइनल समिकरण पुरा
पोखरा, ७ माघ/ हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा करुणनीधि एजुकेसन फाउन्डेसन, सगरमाथा मावि, कास्की मोडनाइ र जेसिए प्रबेश गरेका छन् । केफले सगरमाथालाई पेनाल्टि सुट आउटमा हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो । निधारीत २० मिनेटको समयमा एक एक गोल भएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो । त्यसै गरी सगरमाथा ए ले लिटिल स्टेपलाई ५–३ गोल अन्तरले, माउन्ट अन्नपुर्णले कास्की मोडनाइजलाई ५–२ र जेसिएले सृजना सेकेन्डरी स्कुललाई ३–२… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा गण्डकी र पुलिस बिच

टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा गण्डकी र पुलिस बिच
पोखरा, ७ माघ/ तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रतियोगिताको पहिलो दिन तीन खेल हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए । पहिलो खेल महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने छन् । पुरुषतर्फ त्रिभुवन आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबका विच हुनेछ ।… पुरा पढौ