राष्ट्रिय ईपि फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण

-


     क्लिक गण्डकी     
     माघ २१ गते २०७९ मा प्रकाशित


राष्ट्रिय ईपि फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण

राष्ट्रिय ईपि फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण

पोखरा, २१ माघ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय ईपि फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकी प्रदेशले स्वर्ण जितेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार भएको प्रतियोगितामा जुनियर पुरुष (यू–२०)तर्फ नवराजजंग कार्की र महिलातर्फ क्रिपा गुरुङले स्वर्ण जितेका हुन् ।

पुरुषतर्फ गण्डकीकै प्रशान्त गुरुङले रजत, गण्डकीका सचिन खत्री र बागमती प्रदेशका राहुल दर्शनले कास्य जिते । महिलातर्फ सुदूरपश्चिम प्रदेशकी रेश्मा जैसीले रजत, प्रदेश १ का शान्त विक र सञ्जिवनी चौधरीले कास्य जिते ।

शनिबार खुल्लातर्फको प्रतिस्पर्धा हुनेछ । कास्की जिल्ला फेन्सिङ संघको प्राविधिक तथा व्यवस्थापनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा गण्डकी, बागमती, सुदूरपश्चिम, प्रदेश १, एपीएफकासहित ६० खेलाडीको सहभागिता छ ।