क्यानको बैठक पोखरामा, ७ केन्द्रिय सदस्यले माग्य अध्यक्ष राजिनामा

-


     क्लिक गण्डकी     
     माघ १७ गते २०७९ मा प्रकाशित


क्यानको बैठक पोखरामा, ७ केन्द्रिय सदस्यले माग्य अध्यक्ष राजिनामा

क्यानको बैठक पोखरामा, ७ केन्द्रिय सदस्यले माग्य अध्यक्ष राजिनामा

पोखरा, १७ माघ/ पोखरामा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सञ्चानल भएको छ । पोखरा १७ डेमसाइडस्थित होटल एल्लो प्यागोडामा तोकिएको समय भन्दा केही समय पछि बैठक चलेको हो ।

दिउँसो बसेको बैठकको सुरुमै ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गर्दै लिखित पत्र बुझाएपछि बैठक स्थगित भएको थियो ।

राजीनामा माग्नेहरु बैठकस्थल छाडेर हिडेपछि अध्यक्ष चन्दले उनीहरुलाई बैठकमा फकाउन बैठक स्थगित गरेका थिए । तर राजीनामा माग गर्नेहरुले बैठकमा सहभागी नहुने बताए पछि मंगलबार साझँ बैठक सुरु भएको हो ।

राजीनामा माग्नेहरुले पोखरामा पत्रकार सम्मेलन गरे अध्यक्षको राजीनामा नआए सम्म आफुहरु बैठकमा नजाने बताएको छन् । विवादमा परेको नेपाल टी–२० लिग सम्झोता गरेर अन्तराष्ट्रिय रुपमा नेपालको बदनाम गरेको केन्द्रीय सदस्य ऋषिराम गौतमले बताए ।

चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्यहरुमा ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् ।

बैठकले १६ बुदामा छलफल गरेको समितिले जनाएको छ । विवादमा परेको नेपाल टी–२० लिगको सम्झौता खारेज गर्न क्यानमाथि दबाव परेपछि भारतीय कम्पनीले नै सम्झौता रद्ध गरेको छ ।



Tags: