फागुनमा गण्डकी प्रदेशस्तरिय मुख्यमन्त्री कम महिला तथा पुरुष भलिबल प्रतियोगिता

-


     क्लिक गण्डकी     
     माघ २० गते २०७९ मा प्रकाशित


भलिबल

भलिबल

पोखरा, २० माघ/ गण्डकी प्रदेश स्थापना दिवसमा पोखरामा गण्डकी प्रदेशस्तरिय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता फागुन १ देखि ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने छ ।

प्रदेश खेलकुद परिषदको शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । “नेपालको राष्ट्रिय खेल भलिबल भएका कारणले पनि हामीले प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरिय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौं । यो प्रतियोगिताले खेलाडी उत्पादन संगै प्रदेशका उत्कृष्ट खेलाडीहरुको छनौट गर्न सहयोग पुग्ने छ”–उनले भने ।

प्रतियोगिताको तयारीका लागि बैठकले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यिय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा प्रदेश खेलकुदका सदस्य विष्णु मायाँ गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ र महासचिव तहल सिंह थापा मगर रहेका छन् ।

प्रतियोगिताका बारे जानकारी दिंदै संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागिता गराउने जानकारी दिंदै प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने महिला तथा पुरुष टिमलाई क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।

यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २०/२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५/५ जनाले जनही नगद रु १०/१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।



Tags: