टाईगर कप भलिबलः महिला तर्फ सशस्त्र र आर्मी फाइनलमा

-


     क्लिक गण्डकी     
     माघ १२ गते २०७९ मा प्रकाशित


टाइगर कप भलिबलः पुरुष तर्फ आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ

पोखरा, १२ माघ/ तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलको एपिएफ क्बल र त्रिभुवन आर्मी सँग भिड्ने छ ।

टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको छ ।

सशस्त्रले गण्डकी प्रदेशको चुनौतिलाई २५–१३, २५–१७ र २५–२१ को सेटमा पन्छायो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा न्यु डायमण्डको चुनौतिलाई त्रिभुवन आर्मीले २३–२५, २५–१३, २५–२२ र २५–१२ सोझो सेटमा पन्छाउँदै उत्कृष्ट पुनरागमन सहित फाईनल यात्रा तय गरेको हो । उपाधिको लागि यी दुई बीच शनिबार प्रतिस्पर्धा हुने छ ।

त्यसै गरी पुरुष तर्फको खेलमा गण्डकी प्रदेशले विदेशी टोली श्रीलंकाको सेन्ट जोशेफ भाज स्पोर्टसलाई ३–० को सोझो सेटमा हरायो । गण्डकीले २६–२४, २५–१४ र २५–२३ मा हरायो । त्यसै गरी अर्को खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २५–१७, २५–१९ र २५–२३ हरायो ।

महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी प्राप्त गर्ने छन् ।



Tags: