तेस्रो टाइगर कप भलिबल प्रतियोगिता शुरु, गण्डकी, सशस्त्र प्रहरी र आर्मी विजयी

-


     क्लिक गण्डकी     
     माघ ८ गते २०७९ मा प्रकाशित


तेस्रो टाइगर कप भलिबल प्रतियोगिता शुरु, गण्डकी, सशस्त्र प्रहरी र आर्मी विजयी

तेस्रो टाइगर कप भलिबल प्रतियोगिता शुरु, गण्डकी, सशस्त्र प्रहरी र आर्मी विजयी

पोखरा, ८ माघ/ पोखरामा शुरु भएको तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा गण्डकी प्रदेश, आर्मी र सशस्त्र प्रहरीले विजयी शुरुवात गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले पुरुष तर्फ नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ ।

स्पाईक, ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुष तर्फको प्रतिस्पर्धामा आईतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै तीन अंक प्राप्त ग¥यो । गण्डकीले पुलिसलाई २५–२३, २५–२० र २५–१६ ले हरायो ।

पुरुषतर्फको अर्को खेलमा सशस्त्र प्रहरी बलले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने सशस्त्र प्रहरीले आफ्नो पक्षमा लियो । सशस्त्रले २५–२२, २६–२४ र २५–१९ को सेटमा आर्मीलाई हरायो ।

टाईगर ग्रुप नेपाल पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा महिला तर्फ न्यडामण्डलाई नेपाल आर्मीले सोझो सेटमा जितेको छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकार दिए ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीले जनही समान नगद २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने शर्माले जानकारी दिए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।



Tags: