टाइगर कप भलिबलः महिलातर्फ सेमिफाइनलको समिकरण पुरा

-


     क्लिक गण्डकी     
     माघ ११ गते २०७९ मा प्रकाशित


टाइगर कप भलिबलः महिलातर्फ सेमिफाइनलको समिकरण पुरा

टाइगर कप भलिबलः महिलातर्फ सेमिफाइनलको समिकरण पुरा

पोखरा, ११ माघ/ तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सेमीफाइनलको समिकरण पुरा भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ सेमीफाइनलको समिकरण पुरा भएको छ । महिला तर्फ शसस्त्र प्रहरीबलको एपिएफ क्लबले लिग तालिकाको पुछारमा रहेको गण्डकी प्रदेश सँग भेट पक्का गरेको छ ।

होङवान्जी न्यू डायमण्डले त्रिभुवन आर्मी संग भेट पक्का गरेको छ । न्यू डायमण्डले बुधबार भएको गण्डकी विरुद्धको खेल ३–१ सेटमा जित्न सफल भएको छ । न्यु डायमण्डले १९–२५, २५–१५, २५–१४ र २५–११ मा गण्डकीलाई हरायो ।

अर्को खेलमा शसस्त्र प्रहरीले आफ्नो अविजित यात्रालाई कायम राख्यो । शसस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल आर्मीको त्रिभुवन क्लवबलाई ३–१ को सेटमा पराजित ग¥यो । एपिएफले २५–१७, २२–२५, २५–१६ र २५–१५ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

पुरुषतर्फको खेलमा आयोजक गण्डकी प्रदेशले विभागिय टोली नेपाल आर्मीको त्रिभुबन आर्मी क्लबलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा पराजित गरेको छ । गण्डकीले २३–२५, २३–२५, २५–२३, २५–२२ र १५–१३ ले आर्मीलाई हरायो ।

पुरुष तर्फका अर्को खेलमा एपिएफले आफ्नो अविजित यात्रा जारी राख्दै विदेशी टोली श्रीलंकाको सेन्ट जोशेफ भाज स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो । एपिएफले २५–२३, २५–२३ र २५–२३ ले पराजित गरेको हो ।

महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।