न्यु डायमन्डद्वारा साविक विजेता एपिएफ पराजित

-


     क्लिक गण्डकी     
     माघ २३ गते २०७९ मा प्रकाशित


न्यु डायमन्डको विजयी सुरुवात

न्यु डायमन्डको विजयी

पोखरा, २३ माघ/ लिगको अन्तिम खेलमा होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९मा साविक विजेता एपिएफलाई पराजित गरेको छ ।

दुवै टोली फाईनल प्रवेश गरिसकेको अवस्थामा औपचारिकताका लागि मात्र खेलिएको प्रतियोगितामा न्यु डायमन्डले जित निकालेको हो । यस जित संगै न्यु डायमन्डले लिगका तीन वटै खेल जित्दै ९ अंक बनाउन सफल भयो । पहिलो र दोश्रो सेट २५–२१, २५–१९ ले जितेको डायमन्ड तेश्रो सेटमा २१–२५ ले एपिएफलाई सुम्पेपछि खेल २–१ को अवस्थामा पुग्यो ।

डायमन्डले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै ३–१ का साथ जित निकाल्यो । डायमन्डकी सलिना बुढामगर प्लेयर अफ दी म्याच घोषित भईन् । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् । शेरबहादुर स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पुलिस र आर्मीविच भएको खेलमा पुलिसले जित निकाल्यो ।

पुलिसले निकैनै प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई २४–२६, २६–२४, २६–२४, २५–२० ले पराजित ग¥यो । दुवै टोली फाईनल प्रतिस्पर्धाबाट बाहिरी सकेको अवस्थामा यो खेला औपचारीक मात्र रह्यो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।

प्रतियोगिताको चौथो दिन मंगलबार साविक विजेता एपिएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबविच उपाधीका लागि भिडन्त हुनेछ भने तेश्रो र चौथो स्थानका लागि पुलिस र आर्मीको प्रतिस्पर्धा हुने छ ।



Tags: