खेलकुद

सहारामा देव गुरुङको निरन्तर सहयोग

सहारामा देव गुरुङको निरन्तर सहयोग
पोखरा, २९ जेठ/ सहारा क्लब पोखराद्वारा पोखरा १७, दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा सहयोग प्राप्त भएको छ । सहारा क्लब हङकङका सल्लाहकार कानुन व्यवसायी देव गुरुङले सोमबार एकेडेमी अवलोकन गर्नुका साथै २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । सहारामा नियमित रुपमा सहयोग गर्दै आएका देव गुरुङले एकेडेमी निर्माण, फुटबल ग्राउन्डको चेन्जिङ रुममा गरी हालसम्म करिब ६ लाख उपलब्ध गराइसकेका छन् । क्लबले सञ्चालन गर्ने आहारारा गोल्डकपमा उनले बर्सेनि ५० हजार समेत सहयोग गर्ने गरेको सहारा क्लब… पुरा पढौ

सावित्रालाई खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा स्कुटर हस्तान्तरण

सावित्रालाई खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा स्कुटर हस्तान्तरण
पोखरा २८ जेठ/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर आइतबार (आज) हस्तान्तरण गरिएको हो । अवार्ड घोषणाको दिन भण्डारी भारतमा लिग खेल्दै रहेकाले उनलाई आज हस्तान्तरण गरिएको मञ्चले जनाएको छ । वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न ७ वटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम… पुरा पढौ

रामजीलाई लेखनाथ हाफ म्याराथनको उपाधि

रामजीलाई लेखनाथ हाफ म्याराथनको उपाधि
पोखरा, २७ जेठ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको लेखनाथ हाफ म्याराथन–२०८० को उपाधि रामजी बस्नेतले जितेका छन् । शनिबार भएको दौडको निर्धारित २१ किलोमिटर दुरी एक घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको म्याराथनमा मोहनदेव जोशी द्वितीय र अनिष गुरूङ तृतीय भए । जोशीले एक घण्टा १४ मिनेट दुई सेकेण्ड र गुरूङले एक घण्टा १८ मिनेट आठ सेकेण्डमा दौड पूरा गरेको रेस डाइरेक्टर सिद्धान्त अधिकारीले जानकारी… पुरा पढौ

छात्रा/ छात्र बृद्धिचालको उपाधी त्रिवेणी पब्लिकलाई

छात्रा छात्र बृद्धिचालको उपाधी त्रिवेणी पब्लिकलाई
पोखरा, २७ जेठ / एन प्याव्सन कास्कीले आयोजना गरेको प्रथम अन्तर विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको छात्र छात्राको उपाधि त्रिवेणी पब्लिक स्कुलले हाता पारेको छ । एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका छात्र र छात्रा तर्फ भएको उक्त प्रतियोगितामा छात्र तर्फ त्रिवेणी पब्लिक स्कुलका प्रमोद रानाभाट प्रथम, पुष्प सदन एकेडेमीका अनमोल थापा द्धितीय, चिल्ड्रेन्स एकेडेमीका आदित्य गुरु· तृतीय र इमानुयल स्कुलका परुश तामा· सान्त्वना भएका थिए । त्यसैगरी छात्रा तर्फ त्रिवेणी पब्लिक स्कुलकी चाहाना राइ प्रथम, एलपी देवकोटा मेमरियल स्कुलकी मेनुका अधिकारी… पुरा पढौ

मदरल्याण्ड माविद्धारा नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी सम्मानीत

सावित्रा भण्डारी
पोखरा, २७ जेठ/ पोखराको मदरल्याण्ड माविले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (सम्बा) लाई नगद सहित सम्मान गरेको छ । भण्डारीलाई पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले नगद २५ हजार, सम्मानपत्र र दोसलाले सम्मानीत गरे । सावित्रा भण्डारी २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन २०१४ मा… पुरा पढौ

पौडीबाट एशियाडका लागि ४ खेलाडी छनौट

पौडीमा तेश्रो दिन राष्ट्रिय कीर्तिमानको ओइरो
पोखरा, २४ जेठ/ नेपाल पौडी संघले मित्र राष्ट्र चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ । संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरि चार खेलाडी १९ औं एशियन गेम्सका लागि खेलाडीले प्राप्त गरेको उच्च फिना अंकका आधारमा छनोट गरिएको बताए । छनोट हुने खेलाडीहरुमा पुरुष तर्फ एलेक्जेण्डर गादेगार्ड शाह (Alexander Gadegaard Shah) र नासिर याह्या हुसेन (Nasir… पुरा पढौ

प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेश कब्बडी संघ

प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेश कब्बडी संघ
पोखरा, २४ जेठ/ पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कब्बडी संंघ गठन भएको छ । पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित समितिका अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । त्यसै गरी समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । कार्यसमितको सचिवमा हरि जि।सी र कोषाध्यक्षमा विन्दु थापा मगर रहेका छन् । नवगठित कार्यसमितिको सदस्यमा सन्दिप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रविन्द्र खाती क्षेत्री, विज्ञान नेपाली,… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीका राइजिङ स्टार टेनिस प्रतियोगिता हुदै

सर्वाधिक पुरस्कार राशीका राइजिङ स्टार टेनिस प्रतियोगिता हुदै
काठमाडौं, २३ जेठ/ सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो । जुनियर्स र सिनियर्स दुवै विधा समावेश गरिएको प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ ।प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन् । यस्तै… पुरा पढौ

बगर भाई खलक ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाँदै

बगर भाई खलक ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाँदै
पोखरा, २३ जेठ/ बगर भाई खलक ६० वर्ष माथीको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ । भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रम गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले जितको… पुरा पढौ

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल खेलाडी उत्पादन गर्ने तयारी

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल खेलाडी उत्पादन गर्ने तयारी
पोखरा, २१ जेठ/ ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल खेलाडी उत्पादन गर्ने तयारी सुरू गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले आ।व २०७९/०८० का लागि ‘खेल्छ गण्डकी’ मार्फत छुट्टिएको रकमलाई गण्डकी प्रदेशमा महिला भलिबल खेलाडी उत्पादन गर्ने कार्यक्रमलाई अघि सारेको हो । सो कार्यक्रम मार्फत पहिलो चरणमा हालै एसइई दिएर बसेका गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ट्यालेन्टहन्ट मार्फत ४० जना खेलाडी छनौट गरिने सो कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । ति ४० जना मध्येबाट १० दिनको बन्द प्रशिक्षणमार्फत… पुरा पढौ