खेलकुद

एसिया कप क्रिकेटः नेपाल र भारतबीचको खेल सुरु

एसिया कप क्रिकेटः नेपाल र भारतबीचको खेल सुरु
पोखरा, १८ भदौ/ एसिया कपमा वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल पुन सुरु भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाउँदा बर्षाले खेल रोकिएको थियो । वर्षाको कारण खेल ४५ मिनेट रोकिन पुगेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरी २० बलमा ३ चौकासहित २७ र सोमपाल कामी २० बलमा १ चौकासहित ११ रनबाट खेल्न सुरु गर्नेछन् । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेख ९७… पुरा पढौ

२२ औं आहारारा पोखरा गोल्डकपबाट ३ लाख बचत

२२ औं आहारारा पोखरा गोल्डकपबाट ३ लाख बचत
पोखरा, १२ भदौ/ सहारा क्बल पोखरा आयोजना गरेको २२ औ संस्करणको आहारारा पोखरा गोल्ड कपबाट ३ लाख बचत भएको छ । सहारा क्लबको आयोजनामा गत पुष १४ देखि २३ गतेसम्म भएको आहारारा पोखरा गोल्ड कपबाट ३ लाख १८ हजार बचत भएको मंगलबार पक्रकार सम्मेलन गरेर जानकारी दिएको छ । गोल्ड कपमा ९४ लाख ६५ हजार ६ सय २६ रुपैंयाँ आन्दानी हुँदा ९१ लाख ४६ हजार ९ सय ६९ खर्च भएको प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले जनानकारी दिए ।… पुरा पढौ

खेलकुद विकास मञ्च मैत्रीपुर्ण खेलमा विजयी

खेलकुद विकास मञ्च मैत्रीपुर्ण खेलमा विजयी
पोखरा, ९ भदौ/ खेलकुद विकास मञ्च पोखरा र खेलकुद पत्रकार मञ्च गण्डकीबीच मैत्रीपूर्ण फुटबल खेल खेलकुद विकास मञ्च विजयी भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार विहान मैत्रीपुर्ण प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा खेलकुद विकास मञ्चले खेलकुद पत्रकार मञ्च गण्डकीलाई ६–३ गोलअन्तरले हराउँदै विजयी भयो । मैत्रीपुर्ण खेलको समापनमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले आफुहरुले जिल्लाको नेतृत्व गर्न पाएपनि अधिकार भने निकै सिमित रहेको बताए । उनले पछिल्लो समय कास्कीको फुटबल खेल सस्कदै गएको र… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सन्जयकान्त सिग्देल

सन्जयकान्त सिग्देल
पोखरा, ६ भदौ/ गण्डकी प्रादेशिक क्रिकेट संघको दोस्रो अधिवेशनले सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार पोखरामा भएको अधिवेशनले कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका सिग्देलको अध्यक्षतामा चार वर्षका लागि १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा प्रकाश पौडेल (नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा (स्याङ्जा) रहेका छन् । यसैगरी सदस्यहरुमा देवेन्द्र प्रजू, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी, विद्यादेवी भट्टराई, भोजराज बराल र सन्तोष शर्मा रहेका… पुरा पढौ

मञ्च गण्डकीको साधारण सभा असोज ६ गते

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी
पोखरा ५ भदौ/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने भएको छ । मञ्चको हालै बसेको एकतीसौं बैठकले साधारण सभा तथा विधान अधिवेशन सम्बन्धी निर्णय गरेको मञ्चका महासचिव तथा प्रवत्ता राजाराम पौडेलले जनाए । मञ्चको विधानलाई आवश्यकताको आधारमा परिमार्जन गर्दै समय सापेक्ष बनाउने उद्धेश्यका साथ विधान अधिवेशन सहितको साधारण सभा आयोजना गर्न लागिएको उनले खुलाए । जसको लागि मञ्चका सल्लाहकार रञ्जन अधिकारी क्षेत्रीको संयोजकत्वमा विधान संसोधन समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको… पुरा पढौ

गण्डकी विश्वविद्यालय ५ किमि सडक दौड प्रतियोगिता हुँदै

गण्डकी विश्वविद्यालय ५ किमि सडक दौड प्रतियोगिता हुँदै
पोखरा, ३ भदौ/ गण्डकी विश्वविद्यालयको आयोजनामा ५ कि मि सडक दौड प्रतियोगिता हुने भएको छ । कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यालयहरुलाई लक्षित गर्दै विश्वविद्यालयले भदौं ९ गते सडक दौड प्रतियोगिता आयोजना गरेको हो । विश्वविद्यालयले आइतबार पत्रकार सम्मलेन गर्दैसमग्र खेलकुदको विकास, सम्वद्र्धन, प्रवद्र्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । विद्यार्थीहरूलाई खेलकुदका कार्यक्रमहरूको योजना तर्जुमा गर्ने, कार्यक्रमहरू आयोजना गर्ने तथा त्यस्ता कार्यक्रमहरूलाई व्यवस्थापन गर्न सक्षम बनाउने… पुरा पढौ

धरम र केबी जोडीलाई मनसुन कप

धरम र केबी जोडीलाई मनसुन कप
पोखरा, २० साउन/ मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधी धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडीलाई पराजित गर्दै धरम जोडीले उपाधी रक्षा गरेको हो । पहिलो सेटको खेल सुपरटाईमा ८–१० पराजित भएको धरम जोडी दोश्रो र तेश्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै खेल आफ्नों पक्षमा पार्न सफल भए । धरम जोडीले दोश्रो सेटमा ६–० को सहज जित निकाले । तेश्रो सेटको नजिता सुपर टाईमा १०–४ ले… पुरा पढौ

नेपाल बक्सिङ संघको अध्यक्षमा अवाले दोहोरिए, पोखराका उपाध्यक्ष गणेशबहादुर भट्टराई

नेपाल बक्सिङ संघको अध्यक्षमा अवाले दोहोरिए, पोखराका उपाध्यक्ष गणेशबहादुर भट्टराई
पोखरा, ३ साउन/ नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले दोहोरिएका छन् । नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभा अधिवेशनले अवालेलाई दोश्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरुमा गणेशबहादुर भट्टराई, भोजराज सिटौला, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ । त्यस्तै महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । संघको सदस्यहरुमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्गतान, रेखा थापा… पुरा पढौ

बक्सिङमा पदक ल्याएर इतिहास दोहो¥याउनु पर्नेः सदस्य सचिव घिसिङ

बक्सिङमा पदक ल्याएर इतिहास दोहो¥याउनु पर्नेः सदस्य सचिव घिसिङ
पोखरा, ३ साउन/ राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बक्सि खेललाई पुरानै अवस्थामा पु¥याउनु पर्ने बताएका छन् । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले बक्सिङको ईतिहास दोहो¥याउन निरन्तरताले मात्र नपुग्ने भन्दै खेल विकासमा पहिलेको जस्तै सफलता आवश्यकता रहेको बताए । उनले नेपालले ओलम्पिकमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो ईतिहास बनाएको भएपनि पछिल्लो समय त्यो ईतिहास दोहो¥याउन नसकेको बताए । सदस्य सचिव घिसिङले अन्र्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने… पुरा पढौ

महिला तथा पुरुष भलिबलमा आर्मी र एपिएफको लगातार दोश्रो जित

महिला तथा पुरुष भलिबलमा आर्मी र एपिएफको लगातार दोश्रो जित
काठमाडौं, २४ असार/ सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० मा लगातार दोश्रो जित निकाल्दै अंक तालिकामा समान ६/६ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएका छन् । आर्मीले दोश्रो दिन दोश्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले पराजित गर्दै थप ३ अंक जोड्न सफल भएको छ । पहिलो दिनको खेलमा आर्मीले सैलुङ्ग बाघढुङ्गलाई पराजित गरेर ३ अंक जोडेको थियो ।… पुरा पढौ