खेलकुद

श्याम तामाङलाई टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि

Top of the World Golf Classic Shyam Tamang defends title
मुस्ताङ, ३० भदौ/ टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक श्याम तामाङले जितेका छन्। मुस्ताङ गल्फ कोर्समा स्टेवलफोर्ड फुल ह्यान्डीक्याप फर्मयाटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले१९ अंक सहित उपाधि रक्षा गरे। उनले लिलाजङ्ग गुरूङलाई हराए। लिलाले १८ अंक बनाउदै दोस्रो स्थान प्राप्त गरे। ग्रसतर्फ रबिन रानाले काउन्ट ब्याकमा उपाधि जिते। उनी ११ अंकमा याम राणा र पीबी राईसंग बराबरी भएपछि विजेताको छिनोफानोकाउन्ट ब्याकमा गरिएको हो। महिलातर्फ जुनी गुरूङले उपाधि जितिन्। उपाधि जित्ने क्रममा जुनीले… पुरा पढौ

पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित
पोखरा, ३० भदौ/ सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार उमेश पुनलाई प्रदान गरिएको छ । सहारा क्लबको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई पुरस्कार प्रदान गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरे । पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ । पुन झण्डै एकदशकदेखि नागरिक दैनिक पोखराबाट कार्यरत छन् । उनीसँगै क्लबले रजत जयन्तीको अवसरमा विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । सम्मानित हुनेमा सदस्यको तर्फबाट धमेन्द्र… पुरा पढौ

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु, पहिलो दिन चार खेल

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु, पहिलो दिन चार खेल
पोखरा, २९ भदौ/ लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ । संस्थाको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा हराउन सफल भयो । इन्द्र राज्य लक्ष्मी मा।विको खेल मैदानमा सुरु खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोश्रो सेट २६–२४ आफ्नो पक्षमा पारेपनि तेस्रो सेट… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार उमेश पुनलाई

उमेश पुन
पोखरा, २८ भदौं/ सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट फोटो पत्रकार उमेश पुन पुरस्कृत हुने भएका छन् । सहारा क्लबले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लबले जनाएको छ । प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लबको बैठकले निर्णयलाई अनुमोदन गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । पुन दशक भन्दा लामो समय देखि पोखरामा रहेर फोटो पत्रकारितामा सक्रिय छन् । पुन हाल नागरिक राष्ट्रिय दैनिक, रिपव्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध… पुरा पढौ

पोखरामा चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन असोज पहिलो साता

पोखरामा चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन असोज पहिलो साता
पोखरा, २७ भदौ/ बुल्समेन क्लबको आयोजनामा आगामी असोज ५ र ६ गते चौथो संस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुदैं छ । तीन संस्करण क्लबले पोखरामै आयोजना गरेको थियो । चौथो संस्करणलाई भने क्लबले ललितपुरको सानेपामा आयोजना गर्ने निर्णय गरेको छ । मोफसलबाट आयोजना गरिएको शारीरिक सुगठन प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो । क्लबले २०७१ सालदेखि दुई वर्षको अन्तरमा मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको छ । चौथो संस्करण ०७७ सालमै आयोजना गर्ने तयारी भएपनि कोभिडकै कारण प्रतियोगिता… पुरा पढौ

फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो उपाधी

फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो उपाधी
पोखरा, २४ भदौ/ पोखरामा संचालन भएको कास्की जिल्ला स्तरीय विद्यालय पहिलो ५र५ मर्दिखोला छात्र छात्रा बास्केटबल प्रतियोगितामा फिष्टेल एकेडेमीले दोहोरो उपाधी जित्न सफल भएको छ । फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधी जित्न सफल भएको हो। प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङले द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए। त्यसैगरी छात्रतर्फ दोश्रो गण्डकी बोर्डिङ र तेस्रो स्थान मनकामना बोर्डिङले हासिल गर्न सफल भए। पोखरा स्थित मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने… पुरा पढौ

पोखराको लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ अन्तिममा

पोखराको लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ अन्तिममा
पोखरा, २४ भदौ/ पोखराको लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ २९ गते देखी दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने भएका छन् । लिग रोविनमा खेलाईने प्रतियोगितामा काठमाडौंको न्यु डायमण्ड युथ स्पोर्टस क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यु एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फको प्रतिस्पर्धामा भने पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । बुटवलको मणिमुकुन्द भलिबल क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गल्कोट भलिबल… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

पोखरा म्याराथन
पोखरा, २३ भदौ/ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । फागुन ५ गते शनिबार आयोजना हुने म्याराथनको तयारी सुरु भएको मञ्चले जनाएको हो । मञ्चको हालै सम्पन्न कार्यसमितिको बैठकले तयारी संगै १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक गठन गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन् । पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर… पुरा पढौ

लोमान्थाङमा भदौ अन्तिममा गल्फ प्रतियोगिता

लोमान्थाङमा भदौ अन्तिममा गल्फ प्रतियोगिता
पोखरा, २० भदौ/ मुस्ताङको लोमान्थाङमा भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ । लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता हुन लागेको हो । ९ होलको कोर्षमा नेपालका ४० भन्दा बढि गल्फरले प्रतियोगिता दोस्रो पटक खेल्ने छन् । ७० वर्षमाथिको उमेरका गल्फरलाई सम्मान गरिने आयोजक समितिका संयोजक इनद्रधारा विष्टले जानकारी दिए । गल्फमा हुने होल ईन वानसँगै बेष्ट ग्रस, लङगेष्ट… पुरा पढौ

रनजीले जोडिन नेपालको लागि अर्को स्वर्ण

रनजीले जोडिन नेपालको लागि अर्को स्वर्ण
पोखरा, १९ भदौ/ रजनी श्रेष्ठले काठमाण्डौमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन् । महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यो सहित हाल सम्मको नतिजामा नेपालले ३ स्वर्ण जितेको छ । तेश्रो स्थानमा भियतनामकी दिन्ह किम लोन रहिन् । अन्य पदकमा महिलातर्फको १५५ सेमी सम्मको मोडल फिजिकमा तारा खाईजुले रजत प्राप्त गरिन् । थाईल्याण्डकी किरातीया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले… पुरा पढौ