खेलकुद

धरम र केबी जोडीलाई मनसुन कप

धरम र केबी जोडीलाई मनसुन कप
पोखरा, २० साउन/ मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधी धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडीलाई पराजित गर्दै धरम जोडीले उपाधी रक्षा गरेको हो । पहिलो सेटको खेल सुपरटाईमा ८–१० पराजित भएको धरम जोडी दोश्रो र तेश्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै खेल आफ्नों पक्षमा पार्न सफल भए । धरम जोडीले दोश्रो सेटमा ६–० को सहज जित निकाले । तेश्रो सेटको नजिता सुपर टाईमा १०–४ ले… पुरा पढौ

नेपाल बक्सिङ संघको अध्यक्षमा अवाले दोहोरिए, पोखराका उपाध्यक्ष गणेशबहादुर भट्टराई

नेपाल बक्सिङ संघको अध्यक्षमा अवाले दोहोरिए, पोखराका उपाध्यक्ष गणेशबहादुर भट्टराई
पोखरा, ३ साउन/ नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले दोहोरिएका छन् । नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभा अधिवेशनले अवालेलाई दोश्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरुमा गणेशबहादुर भट्टराई, भोजराज सिटौला, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ । त्यस्तै महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । संघको सदस्यहरुमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्गतान, रेखा थापा… पुरा पढौ

बक्सिङमा पदक ल्याएर इतिहास दोहो¥याउनु पर्नेः सदस्य सचिव घिसिङ

बक्सिङमा पदक ल्याएर इतिहास दोहो¥याउनु पर्नेः सदस्य सचिव घिसिङ
पोखरा, ३ साउन/ राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बक्सि खेललाई पुरानै अवस्थामा पु¥याउनु पर्ने बताएका छन् । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले बक्सिङको ईतिहास दोहो¥याउन निरन्तरताले मात्र नपुग्ने भन्दै खेल विकासमा पहिलेको जस्तै सफलता आवश्यकता रहेको बताए । उनले नेपालले ओलम्पिकमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो ईतिहास बनाएको भएपनि पछिल्लो समय त्यो ईतिहास दोहो¥याउन नसकेको बताए । सदस्य सचिव घिसिङले अन्र्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने… पुरा पढौ

महिला तथा पुरुष भलिबलमा आर्मी र एपिएफको लगातार दोश्रो जित

महिला तथा पुरुष भलिबलमा आर्मी र एपिएफको लगातार दोश्रो जित
काठमाडौं, २४ असार/ सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० मा लगातार दोश्रो जित निकाल्दै अंक तालिकामा समान ६/६ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएका छन् । आर्मीले दोश्रो दिन दोश्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले पराजित गर्दै थप ३ अंक जोड्न सफल भएको छ । पहिलो दिनको खेलमा आर्मीले सैलुङ्ग बाघढुङ्गलाई पराजित गरेर ३ अंक जोडेको थियो ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीलाई

गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीलाई
पोखरा, १६ असार/ गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जितेको छ । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै म्याग्दी नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उपविजेता पर्वतले नगद ७० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । यस अघि भएको फाइनल खेलमा पहिलो सेट २५–१५ ले जितेर म्याग्दीले पर्वत माथी दवाव बनाउने प्रयास गरे पनि दोश्रो सेट २५–२३ र… पुरा पढौ

मलेसियन गुरु आनन्दबाट ३३ लाखको सहयोग हस्तान्तरण

मलेसियन गुरु आनन्दबाट ३३ लाखको सहयोग हस्तान्तरण
पोखरा, १३ असार/ मलेसियन गुरु आनन्दले बिकासको मुलआधार शिक्षा र स्वास्थ्य रहेकोले आफ्नो सहयोग शिक्षा र स्वास्थ्यमा निरन्तर रहीरहने बताउनुभएको छ । गुरु आनन्दको सम्मानमा पोखरामा बुधबार आयोजित कार्यक्रममा बोल्नु हुदै गुरु आनन्दले सो कुरा बताउनुभएको हो । उहाँले सो कार्यक्रममा भवन निर्माणका लागि पुम्रुखुं बराह मा वीलाई २० लाख, रोटरी क्लब लेकसाइडलाई किड्नी डायलसिसको लागि १० लाख, तेस्रो अन्नपूर्ण म्याराथनको लागि ३ लाख रुपैया हस्तान्तरण गर्नुभयो । उहाँले नेपालको हिमाली क्षेत्रमा अदितिय सम्भावना र अलौकिक आनन्द प्राप्त गर्ने भएकाले… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय मुआथाई प्रतियोगितामा नेपाल मुआथाईमा दिपेश च्याम्पियन

गण्डकी प्रदेशस्तरीय मुआथाई प्रतियोगितामा नेपाल मुआथाईमा दिपेश च्याम्पियन
पोखरा, १२ असार/ गण्डकी प्रदेशस्तरीय मुआथाई प्रतियोगितामामा दिपेश गुरुङ च्याम्पियन बनेका छन् । स्ट्रोङगेष्ट मुवाथाईका अनिष बुढामगरलाई पराजित गर्दै नेपाल मुआथाईका दिपेश गुरुङ ५० केजी तौल समूहको प्रतिस्पर्धामा च्याम्पियन बने । पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेशस्तरीय मुआथाई प्रतियोगितामा दिपेशले अनिषलाई अंकको आधारमा पराजित गर्दै च्याम्पियन बने । उनीहरुको फाईटलाई स्पेशल फाईट (मुख्य प्रतिस्पर्धा अथाव मेन इभेण्ट) को रुपमा घोषित गरिएको थियो । अनिष नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुल कन्टयक्ट कराँतेका स्वर्ण पदक विजेता खेलाडी समेत हुन् । पछिल्लो समय उनी… पुरा पढौ

ड्रागन बोट रेसको उपाधि चीनको सिचुवानलाई, नेपाल टिम दोस्रो

ड्रागन बोट रेसको उपाधि चीनको सिचुवानलाई, नेपाल टिम दोस्रो
पोखरा, ९ असार/ ड्रागन बोट रेस प्रतिस्पर्धामा चीनको सिचुवान ड्रागन बोट टिमले उपाधि जितेको छ । शनिबार पोखराको फेवातालमा सम्पन्न २ सय र ५ सय मिटर दुवै तर्फको उपाधि सिचुवान टिमले हात पारेको हो । उपाधि जितेको सिचुवान टिमले २ सय र ५ सय मिटर दुवै विधामा प्रथम हुँदै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ जितेको छ । प्रतियोगितामा सहभागी ८ वटै टिमलाई एक एक लाख रुपैयाँ पनि दिइएको थियो । प्रतियोगितामा नेपाली टिमले पहिलो सहभागीतामै दोस्रो… पुरा पढौ

पोखरामा गण्डकी प्रदेशस्तरीय आरबेटर (रेफ्रि) तालिम शुरु

पोखरामा गण्डकी प्रदेशस्तरीय आरबेटर (रेर्फी) तालिम शुरु
पोखरा, ८ असार/ पोखरामा शुक्रबार देखि राष्ट्रिय आरबेटर तालिम शुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद् र गण्डकी प्रदेश चेस सघंको आयोजनामा तालिम शुरु भएको हो । तालिमको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य ऋषिराम गौतमले उद्घाटन गरे । उनले पोखरामा चेस प्रतियोगिता गर्दा आरबेटर रेफ्रि) अभाव हुने गरेमा अब त्यसको समस्या समाधान हुने बताए । कार्यक्रममा गण्डकी प्रदेश चेस संघका अध्यक्ष युवराज भण्डारीले यस क्षेत्रमा चेस खेलको विकासका लागि तालिम उपयोगि हुने बताए । दुई दिन सम्म सञ्चालन हुर्ने… पुरा पढौ

बजेटमा खेलकुद मन्त्रालय प्राथमिकतामा नपरेको मन्त्री लिम्बुको गुनासो

बजेटमा खेलकुद मन्त्रालय प्राथमिकतामा नपरेको मन्त्री लिम्बुको गुनासो
पोखरा ३ असार/ नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले विगतको वर्षमा भन्दा धेरैं कम बजेट छुट्याइएको बताए । ‘सरकारले सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा परेन, यो भन्दा अगाडि झण्डै पौने ४ अर्बको बजेट छुट्याइएको भएपनि अहिले घटाएर १ अर्ब ८८… पुरा पढौ