खेलकुद

माल्दिभ्सविरुद्ध नेपालले ७० रन ४ विकेट गयो

यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता कायम्
पोखरा, १४ असोज/ नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध खेलिरहेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा ४ विकेट गुमाउँदै ७० रन बनाएको छ । नेपालका कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट भए । ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका थिए । आसिफ तीब्र गतिका बर नासिर नाइल इस्मालको बलमा क्याच आउट भएका… पुरा पढौ

कास्कीले तनहुँलाई ३७ रनले हरायो

कास्कीले तनहुँलाई ३७ रनले हरायो
पोखरा, १२ असोज/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा शुक्रबारदेखि कास्की र तनहुँविच दुई श्रृंखलाको एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पहिलो खेलमा कास्कीले तनहुँलाई ३७ रनले पराजित ग¥यो । टस जितेर पहिला व्याटिङ गरेको कास्कीले २७ ओभरमा १ सय ३ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । कास्कीको तर्फबाट आदित्य थापाले ३६ रन बनाए । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले ३/३ विकेट लिए । जितका लागि १ सय ४ रनको लक्ष्य पछ्याएको तनहुँका व्याट्स्म्यानहरुको फितलो प्रदर्शनमा… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता पोखरामा मंसिर ७ गतेदेखी

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता पोखरामा मंसिर ७ गतेदेखी
पोखरा, ११ असोज/ पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ मंसिर ७ गते बाट १६ गते सम्म हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिता मंसिर १६ गते सम्म सञ्चालन हुने भएको हो । एकेडेमीले पोखरामा बिहिबार पत्रकार सम्मेलन गरि सो बारे जानकारी दिंदै एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा सात प्रदेश, तिन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लव र एकेडेमीका यू–१९का दुई टिम गरि १२ टिमको सहभागिता हुने जानकारी दिए ।… पुरा पढौ

पोखराका प्रदिप खड्का एसियन गेम्सको दोस्रो चरणमा

प्रदिप खड्का
पोखरा, ७ असोज/ चीनमा जारी एसियन गेम्समा नेपालले टेनिस तर्फ इष्ट टिमोरलाई पहिलो चरणमा हराएको छ । नेपाली राष्ट्रिय टेनिस खेलाडी प्रदिप खड्काले पुरुष एकल तर्फ इष्ट टिमोरका इन्टोनियो मेन्डेसलाई २–० को सेटमा हराए । पहिलो सेट ६–० र दोस्रो सेटमा पनि ६–० कै जित हासिल गरेका हुन् । दोस्रो खेलमा उनले जापनको सामना गर्नेछन् । यस्तै डबल्स तर्फ भारतसँग ६–२, ६–३ को हार व्यहोरेको छ । प्रदीप पोखराका खेलाडी हुन् । पुरा पढौ

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

पारस खड्का
पोखरा, ६ असोज/ नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पूर्वखेलाडी समेत रहेका खड्का निर्वाचित भएका हुन् । ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया… पुरा पढौ

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि गण्डकीलाई

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि गण्डकीलाई
पोखरा, २ असोज/ गण्डकी प्रदेशले लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधि सहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३… पुरा पढौ

लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस र महिला तर्फ डायमण्ड शीर्षस्थानमा

पोखरामा राष्ट्रिय भलिवल जारी, महिला तर्फ न्यू डाइमण्डको दुई खेलमा जित
पोखरा, ३१ भदौ/ लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ डायमण्ड र पुरुष तर्फ पुलिस क्लब शीर्षस्थानमा रहेका छन् । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार राउन्डरोविन लिग चरणको सम्पुर्ण खेल सम्पन्न हुने भनिएपनि सम्भवन नहुँदा फाइनल तथा लिगका अन्य खेल सोमबार ९भोलि० हुने भएको छ । महिला तर्फ लिगचरण सम्पन्न हुने स्थिति भएपनि अन्तिम खेलमा एपिएफ र पुलिस बिचको खेल प्रकाशका कारण हुन नसक्दा खेल स्थगित हुन पुगेको हो । अन्तिम खेलमा… पुरा पढौ

पोखरामा नेपालकै सर्वाधिक राशीको फुटसल प्रतियोगिता, च्याम्पियनलाई ५ लाख

पोखरामा नेपालकै सर्वाधिक राशीको फुटसल प्रतियोगिता, च्याम्पियनलाई ५ लाख
पोखरा, ३१ भदौ/ पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए । उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए । यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक… पुरा पढौ

सहारा क्लबको अध्यक्षमा केशवराज बराल

केशवराज बराल
पोखरा, ३० भदौ/ सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न १३ औं अधिवेसनले आगामी दुईका लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सहकोषाध्यक्षमा अशोक लालचल चयन भएका छन् । त्यसै गरी क्लबको सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुसिल रिमाल र केशव पौडेल चयन भएका छन् ।… पुरा पढौ

पोखरामा राष्ट्रिय भलिवल जारी, महिला तर्फ न्यू डाइमण्डको दुई खेलमा जित

पोखरामा राष्ट्रिय भलिवल जारी, महिला तर्फ न्यू डाइमण्डको दुई खेलमा जित
पोखरा, ३० भदौ/ पोखराको लामाचौरमा राष्ट्रिय भलिवल कप जारी रहेको छ । नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० को आयोजनामा शनिबार महिला तथा पुरुष तर्फको लिग चरणका ६ खेलहरु सम्पन्न भएका छन्। काठमाण्डौंको न्यू डाइमण्ड युथ स्पोटेर्स क्लवले शनिबार भएको महिला तर्फको दुई खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा भने न्यू डाइमण्ड एकेडेमीले वुटवलको एभेरेष्ट भलिवल क्लव माथि लगातार तीन सेटको शान्दार जित हासिल गर्यो । डाइमण्डले एभेरेष्ट माथि २५—११, २५—१५,२५—१६ को सेटमा पराजित गरेको हो । अर्को खेलमा… पुरा पढौ