खेलकुद

पोखरा महानगर स्तरिय क्लब टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात

पोखरा महानगर स्तरिय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात
पोखरा, २० असोज/ पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो । सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११… पुरा पढौ

पोखरामा शनिबारदेखि अन्तर क्लब टी–ट्वान्टी क्रिकेट

पोखरामा शनिबारदेखि अन्तर क्लब टी–ट्वान्टी क्रिकेट
पोखरा, १९ असोज/ पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लबहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने सो प्रतियोगितामा राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, आर के भिक्टोरी क्रिकेट क्लब, आदर्श युवा क्लब र लेकसाइड क्रिकेट क्लबले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा वितेजा,… पुरा पढौ

एसियन गेम्ममा आर्चरीः पोखरा योगेन्द्र सहित चारै खेलाडी दोस्रो चरणमा प्रबेश

एसियन गेम्ममा आर्चरीः पोखरा योगेन्द्र सहित चारै खेलाडी दोस्रो चरणमा प्रबेश
पोखरा, १५ असोज/ एसियन गेम्समा आर्चरीको पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरे । चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन र महिला तर्फ इमायुङ राई र मन्जु बजगाईं छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुंले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको… पुरा पढौ

माल्दिभ्सविरुद्ध नेपालले १५ ओभरमा १३७ रन बनाउदै ४ विकेट गुमायो

यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता कायम्
पोखरा, १४ असोज/ नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध खेलिरहेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै १३७ रन बनाएको छ । क्रिजमा रोहित पौडेल २० बलमा ३५ रन र गुलशन झा २१ बलमा ३५ रनमा छन् । नेपालका कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट भए । ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६… पुरा पढौ

माल्दिभ्सविरुद्ध नेपालले ७० रन ४ विकेट गयो

यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता कायम्
पोखरा, १४ असोज/ नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध खेलिरहेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा ४ विकेट गुमाउँदै ७० रन बनाएको छ । नेपालका कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट भए । ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका थिए । आसिफ तीब्र गतिका बर नासिर नाइल इस्मालको बलमा क्याच आउट भएका… पुरा पढौ

कास्कीले तनहुँलाई ३७ रनले हरायो

कास्कीले तनहुँलाई ३७ रनले हरायो
पोखरा, १२ असोज/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा शुक्रबारदेखि कास्की र तनहुँविच दुई श्रृंखलाको एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पहिलो खेलमा कास्कीले तनहुँलाई ३७ रनले पराजित ग¥यो । टस जितेर पहिला व्याटिङ गरेको कास्कीले २७ ओभरमा १ सय ३ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । कास्कीको तर्फबाट आदित्य थापाले ३६ रन बनाए । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले ३/३ विकेट लिए । जितका लागि १ सय ४ रनको लक्ष्य पछ्याएको तनहुँका व्याट्स्म्यानहरुको फितलो प्रदर्शनमा… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता पोखरामा मंसिर ७ गतेदेखी

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता पोखरामा मंसिर ७ गतेदेखी
पोखरा, ११ असोज/ पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ मंसिर ७ गते बाट १६ गते सम्म हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिता मंसिर १६ गते सम्म सञ्चालन हुने भएको हो । एकेडेमीले पोखरामा बिहिबार पत्रकार सम्मेलन गरि सो बारे जानकारी दिंदै एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा सात प्रदेश, तिन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लव र एकेडेमीका यू–१९का दुई टिम गरि १२ टिमको सहभागिता हुने जानकारी दिए ।… पुरा पढौ

पोखराका प्रदिप खड्का एसियन गेम्सको दोस्रो चरणमा

प्रदिप खड्का
पोखरा, ७ असोज/ चीनमा जारी एसियन गेम्समा नेपालले टेनिस तर्फ इष्ट टिमोरलाई पहिलो चरणमा हराएको छ । नेपाली राष्ट्रिय टेनिस खेलाडी प्रदिप खड्काले पुरुष एकल तर्फ इष्ट टिमोरका इन्टोनियो मेन्डेसलाई २–० को सेटमा हराए । पहिलो सेट ६–० र दोस्रो सेटमा पनि ६–० कै जित हासिल गरेका हुन् । दोस्रो खेलमा उनले जापनको सामना गर्नेछन् । यस्तै डबल्स तर्फ भारतसँग ६–२, ६–३ को हार व्यहोरेको छ । प्रदीप पोखराका खेलाडी हुन् । पुरा पढौ

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

पारस खड्का
पोखरा, ६ असोज/ नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पूर्वखेलाडी समेत रहेका खड्का निर्वाचित भएका हुन् । ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया… पुरा पढौ

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि गण्डकीलाई

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि गण्डकीलाई
पोखरा, २ असोज/ गण्डकी प्रदेशले लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधि सहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३… पुरा पढौ