खेलकुद

पोखरामा जारी फुटसलमा सबिन मेमोरियल सेमिफाइनल प्रवेश

पोखरामा जारी फुटसलमा सबिन मेमोरियल सेमिफाइनल प्रवेश
पोखरा, २८ असोज / पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगितामा सबिन मेमोरियल सेमिफाइनलमा प्रवेश गरेको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सविनको जितमा अविनाश तामाङले निर्णायक गोल गरे भने, एक गोल फाइटरको तर्फबाट गोल भएको थियो । यता फ्रिडम फाइटरका लागि नविन लामाले सान्त्वना गोल फर्काए । प्रिक्वाटरका ५ खेल सम्पन्न आज… पुरा पढौ

गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा इन्द्रधारा विष्ट, कास्की अध्यक्षमा जीवराम गुरुङ

गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा इन्द्रधारा विष्ट, कास्की अध्यक्षमा जीवराम गुरुङ
पोखरा, २८ असोज/ गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा मुस्ताङका इन्द्रधारा विष्ट सर्वसम्मत चयन भएका छन् । पोखराको हिमालयन गल्फ कोर्षमा भएको पहिलो अधिवेसनले विष्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । गण्डकी प्रदेशका पुर्व सांसद समेत रहेका विष्ट एम्योचर गल्फर हुन् । समितिको उपाध्यक्षमा रमेश गुरुङ र सुनिता राणा, सचिवमा सन्तोष गुरुङ र कोषाध्यक्षमा राजु थकाली चयन भए । सदस्यहरुमा बुद्धिमान गुरुङ, बलराम थापा, जुनी गुरुङ र जुनकाजी गुरुङ सर्वसम्मत चयन भएका छन् । यस्तै कास्की जिल्ला गल्फ संघको समेत समिति… पुरा पढौ

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु, सबिन मेमोरियलको विजयी सुरुवात

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु, सबिन मेमोरियलको विजयी सुरुवात
पोखरा, २७ असोज/ पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ ।राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले बि–१३ बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १/१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए । यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई… पुरा पढौ

कास्की क्रिकेटलाई पोखरा महानगर स्तरीय अन्तर क्लब क्रिकेट उपाधी

कास्की क्रिकेटलाई पोखरा महानगरस्तरि अन्तर क्लब क्रिकेट उपाधी
पोखरा, २३ असोज/ कास्की क्रिकेट क्लबले पोखरा महानगरस्तरिय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लवलाई ५७ रनले पराजित गर्दै कास्की क्लबले उपाधी रक्षा गरेको हो । टस जितेर व्याटिङ गरेको कास्कीले पुरा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे । साँग्रिलाका बलरहरु… पुरा पढौ

एशियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई भब्य स्वागत

एशियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई भब्य स्वागत
पोखरा, २३ असोज/ मित्र राष्ट्र चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेकपा माओवादीका नेता, नेपाली काँग्रेसका नेतो, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव युवराज… पुरा पढौ

पोखरामा खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए

पोखरामा खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए
पोखरा, २० असोज/ पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल सकिएसंगै दोस्रो चरणका खेलहरु समेत सुरु भएका छन् । शनिबार भएको पहिलो खेलमा गन्नी फुटबल क्लबले आयोजक एट टु नाइनलाई २–० गोलअन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा नदीपुर एफसीले पसगाउँ समाजलाई ३–२ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेस्रो… पुरा पढौ

पोखरा महानगर स्तरिय क्लब टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात

पोखरा महानगर स्तरिय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात
पोखरा, २० असोज/ पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो । सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११… पुरा पढौ

पोखरामा शनिबारदेखि अन्तर क्लब टी–ट्वान्टी क्रिकेट

पोखरामा शनिबारदेखि अन्तर क्लब टी–ट्वान्टी क्रिकेट
पोखरा, १९ असोज/ पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लबहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने सो प्रतियोगितामा राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, आर के भिक्टोरी क्रिकेट क्लब, आदर्श युवा क्लब र लेकसाइड क्रिकेट क्लबले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा वितेजा,… पुरा पढौ

एसियन गेम्ममा आर्चरीः पोखरा योगेन्द्र सहित चारै खेलाडी दोस्रो चरणमा प्रबेश

एसियन गेम्ममा आर्चरीः पोखरा योगेन्द्र सहित चारै खेलाडी दोस्रो चरणमा प्रबेश
पोखरा, १५ असोज/ एसियन गेम्समा आर्चरीको पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरे । चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन र महिला तर्फ इमायुङ राई र मन्जु बजगाईं छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुंले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको… पुरा पढौ

माल्दिभ्सविरुद्ध नेपालले १५ ओभरमा १३७ रन बनाउदै ४ विकेट गुमायो

यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता कायम्
पोखरा, १४ असोज/ नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध खेलिरहेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै १३७ रन बनाएको छ । क्रिजमा रोहित पौडेल २० बलमा ३५ रन र गुलशन झा २१ बलमा ३५ रनमा छन् । नेपालका कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट भए । ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६… पुरा पढौ