शनिबार पन्चासे अल्ट्रा रेस

-


     क्लिक गण्डकी     
     कार्तिक १७ गते २०८० मा प्रकाशित


शनिबार पन्चासे अल्ट्रा रेस

पन्चासे अल्ट्रा रेस

पोखरा, १७ कात्तिक/ पन्चासे अल्ट्रा रेस कार्तिक १८ गते शनिबार हुदैछ । पोखरा ट्रेल रेसमा सहभागीता जनाउन विदेशी धावकहरु पोखरा आईपुगेका छन् । नेपालकै विभिन्न जिल्लाबाट धावकहरुले ट्रेल रेसमा सहभागिता गराउँदै नयाँ अनुभव बुटल्न सहभागी हुदै छन् ।

ट्रेल रेस मार्फत विदेशी धावक अंक बुटल्न पोखरा आउने गरेका छन् । पोखरा ट्रेल रेस सिरिज नामक संस्थाले वर्षेनी लामो र छोटो दुरीको ट्रेल रेस गर्दै आएको छ । तीन महिना अघि मात्रै २५ किलोमिटरको मेथ्लाङ–सराङकोट ट्रेल रेस आयोजना गरेको थियो ।

पन्चासे अल्ट्रा रेस ८० किलोमिटरको रहेको छ । यसमा तीनवटा इभेण्ट्सलाई समेटिएको छ । पन्चासे अल्ट्रामा ८० किलोमिटर, ५५ किलोमिटर र २५ किलोमिटरको दौड तय गरिएको छ ।

पोखरा ट्रेल रेस सिरिजका संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले ५५ किलोमिटर विजेता महिला तथा पुरुष धावकले थाइल्याण्डमा आयोजना हुने अल्ट्रा रेसमा सहभागिता जनाउन पाउने छन् । पोखरामा आयोजना हुने रेसलाई अन्तराष्ट्रिय ट्रेल रनिङ एशोसियनले धावकहरुलाई आईटिआरए प्वाईन्ट्स (अंक) दिने उनको भनाई छ ।

ट्रेल रेसको यो नवौं संस्करण हो । दौडमा अमेरिका, बेलायत, भियतनाम लगायतका देशहरुका धावकले नाम दर्ता गरिसकेका छन् । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको ल्वाङ गाँउबाट दौड शुरु हुने छ ।

८० किलोमिटरको दौड लुम्रे, सिदिङ, लोक्याम्प र बादल डाँडाँ पुगेर फर्किने छन् । त्यसपछि अष्ट्रेलियन क्याम्प, काँडे भदौरे, पन्चासे, पुम्दीभुम्दी हुदै पोखराको खपौदी पुगेर दौड समापन गर्ने छन् ।



Tags: