प्रथम लामाचौर कप फुटबलमा शितल ज्योती र आदर्श सेमिफाईनलमा

-


     क्लिक गण्डकी     
     कार्तिक २२ गते २०८० मा प्रकाशित


प्रथम लामाचौर कप फुटबलमा शितल ज्योती र आदर्श सेमिफाईनलमा

प्रथम लामाचौर कप फुटबलमा शितल ज्योती र आदर्श सेमिफाईनलमा

पोखरा, २२ कात्तिक/ एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ लामाचौर फुटबल मैदान गोष्ते घाटमा जारी फुटबल प्रतियोगितामा बुधवार क्वाटरफाईनलका २ खेल सम्पन्न भएका छन्।

आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा शितल ज्योती युवा क्लबले नेपाल प्रहरी गण्डकी प्रदेशलाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। शितल ज्योती लागी खेलको १५ औं मिनेटमा सन्दिप गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको अन्तिम मिनेटमा नेपाल प्रहरीको कमजोर डिफेन्सको फाईदा उठाउँदै पुनः १ गोल गरेका थिए ।

अति रोमाञ्चन एवं प्रतिस्प्रधात्मक बनेको खेलको पहिलो हाफमा २ गोलले पछि परेको नेपाल प्रहरी गण्डकी प्रदेशको टिमले दास्रो हाफको सुरुवात सँगै खेलमा पुनरागमन गर्यो ।

नेपाल प्रहरीको लागी खेलको ३७ औं मिनेटमा बिबेक गुरुङले १ गोल गरे भने ४२ औं मिनेटमा आषिस थारुले १ गोल गर्दै खेल बराबरीमा पुराए पनि खेलमा सम्हालिन नसक्दा शितल ज्योतीका सन्दिप गुरुङले खेलको ५५ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गर्न सफल भए।

खेलको ५८ औं मिनेटमा शितल ज्योतीका युनिक तामाङले गोल गर्दै टिमको लागी ४–२ गोल अन्तरको जित दर्ता गराए। शितल ज्योतीका सन्दिप गुरुङ म्यान अफ द म्याच घोषित भए।

त्यसतै आजको दोस्रो क्वाटरफाईनल खेलमा आदर्श युवा क्लब, भण्डारढिक सैनिक वस्तीले बाँनिया ब्रदर्श, लामाचौर माथि ३–० गोल अन्तरको सहज जित हात पार्दै सेमिफाईनलको यात्रा सुनिष्चित गर्यो । आदर्श जितमा राज कुमार कुँवरले खेलको ५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

बाँनिया ब्रदर्शका विशाल नेपालीको आत्मघाती गोलले आदर्श युवा क्लब २–०ले अगाडी रह्यो। आदर्शका लागी अन्तिम गोल खेलको ३७ औं मिनेटमा विकास परियारले गरे। खेलको म्यान अफ द म्याच आदर्शका कप्तान अर्जुन गुरुङले पाउन सफल भएका थिए।

बिहिवार बाँकी रहेका २ क्वाटरफाईनलका खेल संचालन हुनेछन् भोली हुने क्वाटरफाइनलको पहिलो एलजी एशोसिएशन, लालिगुँरास टोल गण्डकी स्पोट्स, मालेपाटन बिच हुनेछ भने दोस्रो खेल बाँनिया ढिकुरपोखरी युवा समाज, नौडाँडा कास्की र एन टु कफि सप, टुँडिखेल पोखरा बिच हुनेछ।

कार्तिक १९ देखी सुरु भएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ। खेलको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत पुरस्कार प्राप्त गर्ने छन् भने प्रतियोगिता कार्तिक २५ गते सम्म सञ्चालन हुनेछ।

मेदानको अभावले विगत ४ वर्ष सेभेन ए साइड फुटबल आयोजना गर्दै आएकोमा हाल लामाचौरमै पुर्ण मापदण्डको राम्रो खेलमैदान रहेकोले ११ साइड नै आयोजना गरिएको र यसैलाई निरन्तरता दिइने आयोजक एल सी ब्रदर्श युनाइटेडका अध्यक्ष शंकर के। सीले जानकारी दिए ।



Tags: