गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा इन्द्रधारा विष्ट, कास्की अध्यक्षमा जीवराम गुरुङ

-


     क्लिक गण्डकी     
     असाेज २८ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा इन्द्रधारा विष्ट, कास्की अध्यक्षमा जीवराम गुरुङ

गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा इन्द्रधारा विष्ट, कास्की अध्यक्षमा जीवराम गुरुङ

पोखरा, २८ असोज/ गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा मुस्ताङका इन्द्रधारा विष्ट सर्वसम्मत चयन भएका छन् । पोखराको हिमालयन गल्फ कोर्षमा भएको पहिलो अधिवेसनले विष्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । गण्डकी प्रदेशका पुर्व सांसद समेत रहेका विष्ट एम्योचर गल्फर हुन् ।

समितिको उपाध्यक्षमा रमेश गुरुङ र सुनिता राणा, सचिवमा सन्तोष गुरुङ र कोषाध्यक्षमा राजु थकाली चयन भए । सदस्यहरुमा बुद्धिमान गुरुङ, बलराम थापा, जुनी गुरुङ र जुनकाजी गुरुङ सर्वसम्मत चयन भएका छन् ।

यस्तै कास्की जिल्ला गल्फ संघको समेत समिति गठन गरिएको छ । जीवराम गुरुङको अध्यक्षमा सर्वसम्मत कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा भक्तराज गुरुङ र बालकाशी गुरुङ, सचिवमा प्रज्ज्वल गुरुङ तथा कोषाध्यक्षमा लालबहादुर गुरुङ चयन भए । सदस्यहरुमा दीपक पहारी, विजय मोक्तान, लिलाजंग गुरुङ र टिका गुरुङ छन् ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गण्डकी प्रदेशमा पदकको सम्भावना भएको गल्फमा खेलाडी उत्पादनमा विशेष जोड दिन आग्रह गरे ।

कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितका सदस्य केशव बहादुर थापा, नेपाल गल्फ संघका केन्द्रिय सदस्य एवं निर्वाचन समितिका संयोजक भु बहादुर गुरुङ, पूर्व सांसद एवं गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष विष्ट लगाएतले गल्फका बारेमा चर्चा गरेका थिए ।