सहारा क्लबको अध्यक्षमा केशवराज बराल

-


     क्लिक गण्डकी     
     भाद्र ३० गते २०८० मा प्रकाशित


केशवराज बराल

केशवराज बराल

पोखरा, ३० भदौ/ सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न १३ औं अधिवेसनले आगामी दुईका लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सहकोषाध्यक्षमा अशोक लालचल चयन भएका छन् ।

त्यसै गरी क्लबको सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुसिल रिमाल र केशव पौडेल चयन भएका छन् । निवर्तमान अध्यक्षमा हरिराम गुरुङ (सुरज) रहेका छन् ।



Tags: ,