
पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित
पोखरा, ३० भदौ/ सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार उमेश पुनलाई प्रदान गरिएको छ । सहारा क्लबको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई पुरस्कार प्रदान गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरे । पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ । पुन झण्डै एकदशकदेखि नागरिक दैनिक पोखराबाट कार्यरत छन् । उनीसँगै क्लबले रजत जयन्तीको अवसरमा विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरेको थियो ।
सम्मानित हुनेमा सदस्यको तर्फबाट धमेन्द्र बराल, संस्थापक सल्लाहकार जयलाल पुन, सहारा क्लबका सल्लाहकार महेश गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा. नारायण गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी, पत्रकार रामकृष्ण ज्ञवाली, हिमश्री फुड्सकी निर्देशक प्रेमकुमारी केसी, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, विल तामाङ (मरणोपरान्त), उगेन लामा, मुक्षेत्र गुरुङ, सहारा क्लब युके, सहारा क्लब हङकङ तथा सहारा क्लब अष्ट्रेलिया लगायतका व्यक्तित्वलाई सम्मान गरेको हो ।





